काठमाडौँ –
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो दशकलाई नेपालको आर्थिक विकास र उन्नतिको दशको रुपमा चित्रण गर्नुभएको छ ।
मुलुकमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको उल्लेख गर्दै उहाँले पछिल्लो ७० देखि ८० को दशकमा नेपालमा राजनीतिक परिवर्तनको दशक मात्रै नभएर आर्थिक विकास र उन्नतिको दशकको रुपमा रहेको दाबी गर्नुभयो । आईतवार ललितपुरमा आयोजित सडक विभागको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले विकास प्रक्रिया ढिलो भएपनि पछिल्लो देशमा नेपाली जनजीवनले आधुनिक युगमा प्र्र्र्रवेश गरेको जिकिर गर्नुभयो । उहाँले बनमा गोठालो जाँदा समेत फोन गर्ने अवस्था मुलुकमा आएको दृष्टान्त पेश गर्दै केही पनि भएन भन्न नमिल्ने तर्क गर्नुभयो । सडक, विद्युत, अस्पताललगायतका पूर्वाधार निर्माणको काम मुलुकमा अभियानको रुपमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘गएको दशक ७० देखि ८० सम्मको बीचको दशक वास्तवमा राजनीतिक परिवर्तनको दशक मात्रै होइन, आर्थिक विकास उन्नतिको दशक पनि भयो । केही गरेपनि चित्त नबुझाउन एउटा कुरा हो । केही पनि भएन भनेर कराउने मान्छेहरु छन् । एक जनाले आज कान्तिपुरमा हो क्यार एउटा लेख लेखेका छन् । आफूलाई बिरोधी हुँ भनेर घोषणा नै गरेका छन् । विरोध गर्ने मनशायले नै प्रश्तुत भएको हुँ भन्ने एउटा निष्पक्ष दृष्टि भएको मान्छे होइन कि विरोधी दृष्टि भएको मान्छेले कसरी हेर्छ तपाईलाई भन्दा तपाईको उमेर बुढो भयो भनेर हेर्दो रहेछ एउटा । तपाईको पुस्ता ठिक छैन भनेर हेर्दो रहेछ । म भन्दा ८-१० वर्ष जेठा उम्मेदवार अमेरिकामा दुई वटै पार्टीले उठाउँदा त्यहाँ कलिलो मान्छे चाहियो भनेर लेख्दैन । म यहाँ म्याराथुन दौडमा भाग लिउँ जस्तो लागिराख्या छ । अनि हाम्रा छिमेकमा एकातिर म भन्दा अलिक कान्छो हुनुुहुन्छ अथवा समकालिन नेताहरु छन् । अनि पोलिटिकल लिडरसिप भनेको अनुभव पनि नभएको, केही पनि नभएको क्याम्पसबाट विद्यार्थी टिपेर युवा भनेर ल्याएर देश हाँक्ने पोलिटिकल लिडरसिप हुनसक्छ त त्यो रु यस्ता खालको हौवा चलाउनेहरु छन । त्यसको आधार के हो रु विकास भएन, विकास भएन । यो स्लाईड हेर्न रुचाउँदैनन उनीहरु । यो हे¥यो भने थाहा पाउँछन–नेपालजस्तो देश राणा शासनमा केही थिएन । २०१० सालबाट एउटा त्रिभुवन राजपथ बनाउन शुरु गरियो । गाडी काठमाडौंमा हिँडाउनका लागि बोकाएर ल्याईन्थ्यो । मान्छेमा गाडी सवार हुन्थ्यो त्यतिबेला ल्याउनका लागि । त्रिभुवन राजपथबाट मान्छेको काँधमा गाडी सवार भएर काठमाडौं प्रवेश भएको थियो । त्यसयता यही अहिले २०८१ चल्दैछ । यसमा २००८, २०१० सालसम्म त केही पनि भएन । त्यसपछि गएका ७० वर्षहरुमा यति वर्षमा यति विकास भएको छ । त्यसमा पनि अनेक व्यवधानहरु आए । विकासतर्फ ध्यान कहिले गयो, कहिले गएन ।
२०२०, २१ सालसम्म पोलिटिकल डेमोक्रेसी आयो तर डेभलभमेन्टतर्फ खासै ध्यान गएको थिएन । डेमोक्रेसी भनेको जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ, जनतालाई सुविस्ता पु¥याउनु पर्छ भन्नेकुरा होइन, बोल्न, लेख्न पाउनु पर्छ आदि पोलिटिकल फ्रिडमका कुराहरु भए । प्रेस फ्रिडमका कुरा भए । तर खाने कुराका कुरा भएनन् । पिपुलका राईटका कुरा भएनन् । २०२१ सालबाट राजा महेन्द्रले एक खालको विकासको ड्राईभ गर्नखोज्या हो । विभिन्न खालका भए केही कुराहरु । तर २०२४ सालसम्म जे गरिए, गरिए, त्यसपछि २०२७, २८ सालदेखि विकासको गतिको टायर पङ्चर भयो । त्यो २०२८ सालदेखि बसेका बस्यै भयो । २०४६ सालसम्म र त्यसभन्दा पछाडि पनि डेभलेभमेन्टको एप्रोच ठिक ढंगले अघि जान सकेन । हामी अलि विदेशको हावाका पछि बग्यौ प्राईभेटाईजेशन । त्यो प्राईभेटाईजेशन भनेको हाम्रा निम्ति उपयोगी थिएन, भएन । यसैकारण उद्योगहरुको स्थिति खस्कियो । त्यसलाई समय लिएर पाईभेट सेक्टरलाई प्रोत्साहित गरेर, त्यसलाई सामेल गरेर जमिन समेत बिक्री गर्ने जुन सिलशिला चल्यो, त्यो उपयोगी भएन । केही बाटाहरु बिस्तारै बन्दै गए । तर वास्तवमा हिडन लागेका बाटो बनेका थिएनन् ।
पछिल्लो समय हिँडन लायक बाटोहरुको अभियान चल्यो, विद्युतको अभियान चल्यो । आइटीको सेक्टरमा अभियान चल्यो । देशभर अपटिकल फाईबर बिछयाउने काम भयो । जसले गर्दा फोरजी सेवा पुग्यो । एकखालो मान्छेमा जीवनमा मोडनलाईजेशन, दिनचर्यामा मोडनाईजेशन आयो । बनका घाँस काटदै गर्दा पनि पोल्टाबाट मोवाईल झिकेर फोन गर्ने अवस्था आयो । बरु कहिलेकहिले टिकटकलले तरकारी डढाएर भुसुक्क पनि बनाएको छ । सानातिना डिमेरिड बेग्लै हो । तर हामीले मोडनाईजेशनतर्फ देशलाई लैजाने प्रयास ग¥यौं । लग्यौ पनि । हामीले सडकमा झुन्डिने तारहरुलाई अन्डरग्राउन्ड गर्ने काम पनि शुरु ग¥यौ । काम शुरु गरिएको छ । प्रोसेस अलि स्लो छ । तर केही भएन भन्ने होइन । अब नेपाल दुर्गम रहेन, नेपालको कुनै पनि जिल्ला दुर्गम रहेन । र म प्रधानमन्त्री भएको बेला मैले एकैचोटी सबै गाउँपालिकाका सदरमुकाममा पुग्ने बाटो शिलान्यास गरेको थिएँ । एउटा पार्टीको हैसियत मान्यता नपाएको एउटा पार्टीले पटक पटक उठाएको छ यो गाउँगाउँमा किन अस्पताल चाहियो, बाटो चाहियो रु आजका वडा नै हिजोको गाविस हुन् । एउटा पालिकामा एउटा आधारभुत हस्पिटल जरुरी कुरा हो । केही सभाहल बने, केही खेल मैदान बने । भत्किएको रंगशाला बनायौं । पोखरामा नयाँ रंगशाला बनायौं । जनकपुरमा बनायौं ।’
प्रधानमन्त्री ओलीले नेपालमा योजनावद्ध विकासको थालनी राजा महेन्द्रले गरेपनि त्यसले निरन्तरता पाउन नसकेको र २०४६ सालपछि पनि निजीकरणको कारण विकास, निर्माणको कामले गति लिने अवस्था नबनेको बताउनु भयो ।