बीरगन्ज
स्वास्थ्य तथा जन संख्या मन्त्री प्रदीप पौडलले स्वास्थ्य विमालाई व्यवस्थित गरे सबै नेपालीलाई पाँच लाख सम्मको निःशुल्क उपचार सेवा प्रदान गर्न सकिने जानकारी दिनुभएको छ । उहाँले हाल रहेको एक लाखसम्मकोे स्वास्थ्य विमालाई पाँच लाखसम्म पुर्याउन सकिए ,सबै नेपालीलाई आधारभुत मात्र नभई विषेशज्ञय तिकित्सा सुविधान प्रदान गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा आज देखि वीरगन्जको नारायणी अस्पतालमा सुरु गरिएको क्यान्स विरामीको उपचार कक्षको उद्घघटन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा हँुने खर्चलाई एकीकृत प्रणलीबाट गरिए एक लाखको स्वास्थ्य विमालाई पाँच लाख पुर्याउन सकिने आफनो योजना रहेको बताए । उहाँले तीनै तहको सरकारले स्वास्थ्यका क्षेत्रमा वर्ष भरि गरिने लगानीलाई एक ठाउमा राख्ने र राष्ट्र सेवा  तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीको तलबबाट २ प्रतिशत कर कट्टा गरिएको रकमलाई विमा बोर्डामा जम्मा गरी स्वास्थ्य सेवालाई संचालन गरे एक लाखको ठाउमा आम नेपालीलाई पाँच लाख सम्मको सेवा सुविधा प्रदान गर्न सकिने आफनो योजना रहेकबो् बताए  ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गदै  मन्त्री पौडेलले चिकित्सक तथा स्वास्थ्यकर्मी घटदै गएको संख्यालाई वृद्धीको विकल्प नरहेको बताउदै उहाँले स्वास्थ्यका क्षेत्रमा देखा परेको चिकित्सक तथा स्वास्थ्यकर्मीको आभावलाई सम्बोधन गर्न देश भरिकै सरकारी अस्पतालहरुमा एम विविएस र एमडीसंम्म अध्ययन सुरु गर्ने सोचका साथ सरकार अगाडी बढि रहेको विचार व्यक्त गर्नुभयो । देशका सात वटै प्रदेशबाट विषेशज्ञय चिकित्सा सेवा प्रदान गर्ने सरकारको योजना अनुरुप  नै आज देखि वीरगन्जको नारायणी अस्पतालमा क्यान्स रोगिको उपचार सुरु गरिएको मन्त्री पौडेलले जानकारी दिनुभयो । उहाँले चाँडै नारायणी अस्पतालबाट अंग प्रतिरोप र मुटुको सल्यकृया समेत सुरु गर्ने तयारीमा स्वास्थ्य मन्त्रलाय रहेको बताउनुभयो।
नारायणी अस्पतालमा सुरु भएको क्यान्स रोगिको उपचारमा भक्तपुर कन्यासर अस्पतालालले जनशक्ति र प्रविधी सहयो गर्ने दुई पक्षिय सम्झौता भएको छ । स्वास्थ्य मन्त्री पौडेलको उपस्थितीमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ऐनामलुक हक र भक्तपुर क्यान्स अस्पतालका उप निर्देशक डा.उज्जवल चालिसे सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएका छन् ।
कार्यक्रमा बिभिन्न राजनैतिक दल का प्रतिनिधि तथा प्रदेश साभासदहरुको उपस्तिथि रहेको थिया ।
बीरगन्ज महानगरपलिकाका उप प्रमुख ईमतीयाज आलमले नारायणी अस्पतालमा आज देखि संचालन भएको ६ शैयाको क्यान्स रोगिउपचार शाखाबाट प्रदान गरिने उपचार सेवाले तराईका क्यान्स रोगिको उपचारमा ठुलो मद्दता गर्नुको साथै विरामीको समय र खर्च जोगिने धारणा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया लेख्नुहोस्