शंकर गणेश / रक्सौल (बीरहार) 

बिहारको मोतिहारीबाट एउटा ठूलो खबर बाहिर आएको छ जहाँ प्रहरीले एक अवैध मिनी गन फ्याक्ट्रीको भण्डाफोर गरेको छ, जसमा प्रहरीले आधा दर्जन अटोमेटिक पेस्तोल, ७३ जिउँदो कार्ट्रिज, ९ म्यागजिन, ३ सेमीमेड म्यागजिन, हातहतियार बनाउने सामग्री र औजारहरू बरामद गरेको छ। पक्राउ परेका सबै तस्करले बिहारबाहिर पनि अवैध हतियार आपूर्ति गर्ने गरेको प्रहरीले खुलासा गरेको छ ।

सदर एएसपी शिखर चौधरीले यस घटनाको बारेमा बताउदै  भने, शहरको गान्धी मैदान नजिकै केही शंकास्पद व्यक्ति देखिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो, त्यसपछि नगर प्रहरी चौकीको टोलीले इन्स्पेक्टर विजय कुमारको नेतृत्वमा छापा मारेको थियो  । जसमा यामाहा बाइकमा सवार तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको थियो। जसले खानतलासी गर्दा ती युवाहरूको साथबाट दुई देसी पेस्तोल र एक चक्कु बरामद गरेको थियो। जब जिल्लाको चकिया कोटवा र गोविन्दगञ्ज पुलिस स्टेशनका विभिन्न गाउँहरूमा छापा मार्यो, सबै ठाउँमा हतियार उत्पादन गर्ने कारखानाको भण्डाफोर गरियो, जसमा ठूलो मात्रामा हतियार र उपकरणहरू बरामद गरियो, यसको साथसाथै प्रहरीले सोनु कुमार सहित यस सम्पूर्ण मामलामा पाँच तस्करहरूलाई गिरफ्तार गर्यो।

अखिलेश राम, शिवशंकर कुमार, रामबाबू कुमार और दीपक कुमार रहेका छन्  । जसमा सोनु कुमार मुख्य नाइके हुन् जसमार्फत आपराधिक गिरोहलाई हतियार आपूर्ति गरिएको थियो । प्रहरीले थप सोधपुछ गरिरहेको र उनीहरु सबैलाई कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्