काठमाडौं- 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नुभएको छ ।

शुक्रवार साँझ पार्टी कार्यालय वनस्थलीबाट प्रहरीले सहकारी गठीमा लामिछानेलाई पक्राउ गरेको हो । पक्राउअघि पार्टी कार्यालयमा सम्बोधन गर्दै सभापति लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाउनु भयो । उहाँले आफ्नो बचाऊमा डटेर सामना गर्न पनि सबैलाई अपिल गर्नुभयो ।

आफूलाई आगामी दिनमा चुनाव लड्न नदिने र आफ्नो पार्टी रास्वपालाई पनि फुटाउने नियतका साथ आफूमाथि पूर्वाग्रह साँधिएको सभापति लामिछानेको जिकिर थियो । उहाँले आफू निर्दोेष रहेको र अदालतले आफूमाथि न्याय गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । सभापति लामिछानेले आफूमाथि नेपाली जनताले आशा गरेकाले त्यसलाई पूरा गर्ने आफ्नो अभियानमा साथ दिन पनि सबैलाई आग्रह गर्नुभयो ।

सभापति लामिछानेले केपी ओली नेतृत्वको वर्तमान सरकारको गठन नै आफूलाई जेलमा कोच्नका लागि भएको पनि बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्