आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको एकरदुई […]
पर्दाको ‘थलापति’ अब तमिलनाडुको राजनीतिमा: विजयको पार्टी सबैभन्दा ठुलो दल, मुख्यमन्त्री बन्ने पक्का

काठमाडौँ- छिमेकी मुलुक भारतको तमिलनाडु राज्यमा चलचित्रको ‘क्रेज’ पुनः राजनीतिक शक्तिका रूपमा उदय भएको छ। दक्षिण भारतीय चलचित्रका सुपरस्टार जोसेफ विजय (थलापति विजय) नेतृत्वको पार्टी ‘तमिलागा भेत्री कजङ्गम’ (टिभिके) ले विधान सभा निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दै राज्यको सबैभन्दा ठुलो दल बनेको छ। हालै सम्पन्न निर्वाचनमा २३४ विधान सभा सिटमध्ये विजयको पार्टी टिभिकेले १०८ सिटमा […]
लिपुलेक प्रकरणमा कूटनीतिक नोटले पुग्दैन, सरकारले तत्काल निर्णायक वार्ता गर्नुपर्छ : परराष्ट्रविद्

काठमाडौं – भारतद्वारा नेपाली भूमि लिपुलेकबाट अनधिकृतरूपमा कैलाश मानसरोवर तीर्थयात्री आवागमनमा बाटो खोल्ने निर्णय नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डतामाथिको हस्तक्षेप भएको परराष्ट्रविद तथा सम्वद्ध क्षेत्रका विज्ञहरुले बताएका छन् । मंगलबार राजधानीमा अन्तरक्रिया गर्दै वक्ताहरुले महाकालीको उद्गम लिम्पियाधुरा पूर्वको नेपाली भूमि लिपुलेक माथिको भारतीय अतिक्रमण कुनै पनि शर्तमा स्वीकार्य नहुने धारणा व्यक्त गरेका हुन् । ‘लिपुलेकमा भारतीय […]
निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – कागजमा मात्रै बनेको बंगुर फार्मको नाममा लाखौँ रुपैयाँ झ्वाम पारिएको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो कदम चालेको छ। पुथा उत्तरगंगा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवसहितका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो। आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रुकुम (पूर्वी भाग) को वडा नं. १२ छमारीमा सञ्चालन भएको […]
पूर्वअध्यक्ष शेखर गोल्छालाई हिरासतमा राख्न अदालतको अस्वीकार, रिहा हुने

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा हिरासतमुक्त हुने भएका छन्। मंगलबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएका गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला न्यायाधीश मोना सिंहको इजलासले अस्वीकार गरेको हो। अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने सम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, […]
वैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं – सरकारले संघीय संसद्को दुवै सदनको बैठक वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले भने,‘आज एउटा मात्रै महत्वपूर्ण निर्णय भएको छ । वैशाख २८ गते दिनको २ बजे […]
जनमतको आन्तरिक विवाद सतहमा

वीरगन्ज- मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कुनै सोच नभएको जनता समाजवादी पार्टी नेपालका महासचिव लालबाबु राउत गद्दीले जानकारी दिनुभएको छ। उहाँले नेपाली कांग्रेसको नेतृत्वमा मधेस प्रदेशमा रहेको सरकारलाई दिएको समर्थन यथावत रहेको स्पष्ट पार्नुभयो। सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जसपा रहेको भन्ने खबर भ्रामक रहेको बताउँदै महासचिव गद्दीले भन्नुभयो, “हाम्रो पार्टीले सरकारलाई […]
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं – सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । वैशाख ९ गते काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो । समितिका अनुसार समस्याग्रस्त सहकारीका करिव ७६ हजार बचतकर्ताहरुको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने […]
पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोडिएको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले नेपालमा लागू गरिएको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली बीचमा अवरुद्ध भएको स्पष्ट पारे । उनले युक्रेन युद्धका बेला […]
राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आज ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् । राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएकोमा सरकारले हिजो (सोमबार) स्वीकृतिका लागि पुनः सिफारिस गरेको थियो । सरकारबाट पुनः सिफारिस गरिएपछि राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् […]
