२०८२ असार १७ गते, मंगलवार ०७:३३

काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानको प्यारापिट निर्माणको काम असारभित्रै सक्नेगरी काम भइरहेको बताउनुभएको छ ।

आईतवार त्रिवी क्रिकेट मैदानको निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले प्यारापिट निर्माण गर्ने पहिलो चरणको कामलाई भरसक असारभित्रै सिध्याउने गरी काम भइरहेको बताउनुभएको हो । उहाँले अहिले मैदानमा करिव डेढ सय जनशक्तिले काम गरिहरेको बताउनु भयो ।

फ्लड लाइटको काम पनि जारी रहेको बताउनु भयो । केही ढिला भएपनि नयाँ, ठूलो भव्य काम भइरहेको बताउनु भयो । यसले नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउन, खेलाडीहरुको मनोबल बढाउन र देशको पनि इज्जत, प्रतिष्ठा बढाउने बताउनु भयो । एउटै राम्रो क्रिकेट स्टेडियम छैन देशमा भन्ने ठाउँमा अब मैदान मात्रै नभइ स्टेडियमसहितको छ भन्ने ठाउँमा पुगेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नयाँ रंगशालाहरु पनि बनिरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत वर्षको असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आउनुुभएको छ । प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठससिहत संलग्न निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे जानकारी लिनुुभएको थियो ।

प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाएर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुुई महिनाभित्र काम सक्न निर्देशन दिनुुभएको थियो । प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस