२०८२ असार १७ गते, मंगलवार ०७:३०
सारांशः

  • आज २ बजेदेखि संसद् बैठक सञ्चालन: सभामुख घिमिरेले गणतन्त्र दिवसको अवसरमा संसद् बैठक आज दिउँसो २ बजेदेखि सञ्चालन हुने जानकारी दिए।
  • बैठक अवरुद्ध भए पनि बजेट छलफल अगाडि बढ्ने: बजेट जस्तो महत्त्वपूर्ण विषयमा छलफल हुनुपर्ने बेला बैठक अवरुद्ध भएकाले सांसद सङ्ख्या घटाएर विधिअनुसार छलफल अघि बढाइने बताए।
  •  कार्यसूची संशोधन गरिने: बजेटमाथिको छलफल समयमै सक्न कार्यसूची पनि त्यसअनुसार तयार गरिने र संसद्ले काम अघि बढाउने उनले स्पष्ट गरे।

 काठमाडौँ –

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पवर्वतीय पर्यटन स् हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधिसभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालनमा आउने बताएका हुन् ।

‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ’ सभामुख घिमिरले भने ‘सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरू हुन्छ ।’

बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध भएकाले अब छलफलमा भाग लिने सांसद सङ्ख्या घटाइने एवं विधि पुर्‍याएर छलफल गरिने जानकारी दिँदै उनले भने ‘नोक्सानी हुने त भइसक्यो, अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ ।’

सभामुखघिमिरले बजेटमाथिको छलफल समयभित्र सक्नका लागि त्यहीअनुसार कार्यसूची समेत तयार गरिने बताए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस