२०८२ असार १७ गते, मंगलवार ०१:२४
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • घटना विवरण: बारा सुखचैनाकी १८ वर्षीया गर्भवती महिलाको वीरगन्जस्थित हेल्थ केयर हस्पिटलमा उपचारको क्रममा अत्यधिक रक्तस्रावबाट मृत्यु भएको छ, जसमा परिवारले चिकित्सकीय लापरवाहीको आरोप लगाएका छन्।
  • परिवारको आरोप: डाक्टरकोअनुपस्थितिमा नर्सहरूले सामान्य डेलिभरीमा जोड दिएको र अप्रेशनमा गम्भीर त्रुटि भएको भन्दै परिवारले अस्पतालमाथि दोषारोपण गर्दै न्यायिक छानबिनको माग गरेका छन्।
  • छानबिनको अवस्था: पर्सा प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ भने अस्पतालले हालसम्म घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन, जसले स्वास्थ्य सेवाको गुणस्तरमा प्रश्न उठाएको छ।

वीरगन्ज –

बारा सुखचैनाकी १८ वर्षीया गर्भवती महिलाको वीरगन्ज बहुवरी वडा नं १४ स्थित वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा लापरवाहीका कारण मृत्यु भएको पीडित परिवारले गम्भीर आरोप लगाएका छन्। १८ हप्ताको गर्भवती रहेकी ती महिलालाई नियमित स्वास्थ्य जाँचका लागि गत बिहीबार अस्पताल भर्ना गरिएको थियो।

मृतकका ससुरा पुखराज महतोका अनुसार, चिकित्सकले बच्चा जन्मने समय भएको बताएपछि परिवारले अप्रेशनमार्फत डेलिभरी गर्न सुझाएका थिए। तर, अस्पतालमा डा.रमोला साह उपस्थित नभएको र नर्सहरूले सामान्य डेलिभरीमा जोड दिएको उनले बताए। बच्चा जन्मिएपछि आमाको रक्तस्राव नरोकिएको र ३६ पोका रगत चढाउँदा पनि चिकित्सकहरूले बच्चा निकाल्ने क्रममा गम्भीर त्रुटिका कारण रक्तस्राव नरोकिएको स्वीकार गरेको महतोको भनाइ छ।

घटनापछि आक्रोशित बनेको पीडित परिवारले दोषी चिकित्सक र कर्मचारीमाथि कारबाहीको माग गर्दै स्थानीय प्रशासन र स्वास्थ्य मन्त्रालयसँग न्यायिक छानबिनको माग गरेका छन्। पर्सा प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। यद्यपि, वीरगन्ज हेल्थ केयर हस्पिटलले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

यो घटनाले स्थानीय समुदायमा स्वास्थ्य सेवाको गुणस्तर र चिकित्सकीय जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस