२०८२ असार १७ गते, मंगलवार १५:२८

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सरकारसँग सेरोगेसीसम्बन्धी विषयलाई कसरी समाधान गर्ने भन्दै प्रश्न गर्नुभएको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  सेरोगेसी र नागरिकता: माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सेरोगेसीको बढ्दो चलनले नागरिकता सम्बन्धी जटिलता उत्पन्न गर्ने भन्दै यसको समाधानबारे सरकारसँग प्रश्न गर्नुभयो।
  • विधेयकमाथि गम्भीर छलफलको माग: नागरिकता सम्बन्धी ऐन संशोधन गर्न ल्याइएको विधेयकमाथि व्यापक छलफल आवश्यक रहेको धारणा प्रमुख सचेतक पाण्डेले व्यक्त गर्नुभयो।
  • नागरिकता र आधुनिक प्रविधिको सम्बन्ध: सेरोगेसीजस्ता आधुनिक प्रविधीले उत्पन्न गर्ने सामाजिक–कानुनी समस्यालाई नागरिकता कानुनमा कसरी समेट्ने भन्ने विषयमा स्पष्ट नीति आवश्यक छ भन्ने संकेत समितिमा उठाइएको छ।

काठमाडौं –

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नागरिकता सम्बन्धी विधेयकमा सेरोगेसीको विषय कसरी सम्बोधन गर्ने रु भन्दै सरसँग प्रश्न गर्नुभएको छ ।

मंगलवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सरकारसँग सेरोगेसीसम्बन्धी विषयलाई कसरी समाधान गर्ने भन्दै प्रश्न गर्नुभएको हो । आधुनिकताको विकाससँगै सेरोगेसीको चलन बढ्दै गइहेको छ । विकसित मुलुकमा मात्र होइन, नेपालमा पनि सेरोगेसीको चलन बढ्दो छ । अरुको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रकृयालाई सेरोगेसी भनिन्छ ।

सेरोगेसीलाई गर्भ भाडामा लिने प्रकृया पनि भनिन्छ । विश्वका चर्चित कलाकारहरुले सेरोगेसीबाट बच्चा जन्माएका थुप्रै उदाहरण छन् । नेपालमा पनि सेरोगेसीको चलन बढिरहेको सन्दर्भमा प्रमुख सचेतक पाण्डेले सरकारको जवाफ माग गर्नुभएको हो । उहाँले सेरोगेसी शुरु हुँदै गर्दा त अहिले नागकिरतामा समस्या सिर्जना भइरहेको समयमा सेरोगेसीको चलन बढ्दै जाँदा नागकिरतामा कसरी समेट्ने भन्दै प्रश्न गर्नुभयो ।

प्रमुख सचेतक पाण्डेले नागरिकतासम्बन्धी विधेयकमा व्यापक छलफल गर्न जरुरी रहेको बताउनु भयो । समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस