२०८२ असार १७ गते, मंगलवार १५:१५

गर्मी बढेसँगै खरबुजा, केरा, सुन्तला, आँप, नरिवल, मेवा, अङ्गुर, स्याउ लगायतका फलफूलहरूको विक्री बढेको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  गर्मीले फलफूल व्यापारमा वृद्धि: काठमाडौं उपत्यकामा बढ्दो गर्मीका कारण खरबुजा, केरा, आँप, नरिवलजस्ता फलफूलको व्यापार फस्टाएको छ।
  • जुसको माग ह्वात्तै बढ्यो: उखु, बेल, निम्बू र नरिवलको जुसको माग अत्यधिक बढेको छ, जसले व्यवसायीहरूलाई उत्साहित बनाएको छ।
  • स्वस्थ विकल्पको प्राथमिकता: उपभोक्ताहरूले बोत्तलको पेयभन्दा ताजा फलफूल तथा जुसलाई बढी प्राथमिकता दिन थालेका छन्।

काठमाडौं –

गर्मी बढेसँगै काठमाडौं उपत्यकामा फलफूलको व्यापार-व्यवसाय बढेको छ ।

पछिल्लो केही दिनदेखिको चर्को गर्मीको कारण काठमाडौँमा फलफूलको व्यवसाय फस्टाएको हो । गर्मी बढेसँगै खरबुजा, केरा, सुन्तला, आँप, नरिवल, मेवा, अङ्गुर, स्याउ लगायतका फलफूलहरूको विक्री बढेको हो ।

काठमाडौंका हरेक फलफूल पसलहरूमा गर्मीबाट राहत पाउन उपभोक्ताको भीडभाड बढेको हो । गर्मीमा शिलतला महशुस गराउने फलफूलहरू ग्राहकको प्राथमिकतामा परेका छन् ।फलफूल तथा जुस व्यवसायीका अनुसार पछिल्लो केही दिनयता उखु र नरिवलको जुसको माग पनि ह्वात्तै बढेको छ ।

गर्मी याममा शरीरलाई चिसो राख्न र डिहाइड्रेसनबाट बच्न फलफूल र जुसहरूको ठूलो भुमिका हुन्छ । तरबुजा, खरबुजा, आँप, अनार, सुन्तला, स्ट्रबेरी, ब्लु बेरी जस्ता बेरी फलहरू, नरिवल पानी, बेलको जुस र निम्बू पानीको व्यापार बढेसँगै व्यवसायीहरू पनि उत्साहित बनेका छन् । पछिल्लो समयले ग्राहकले बोत्तलको जुस तथा पेयपदार्थ भन्दा फलफूलको जुसलाई बढी रुचाउने गरेको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस