२०८२ असार १७ गते, मंगलवार ००:२९

समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  विधेयक पारित: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ।
  • उद्देश्य: विधेयकले नागरिकता नभएका व्यक्तिहरूलाई नागरिकता प्राप्त गर्न सहज बनाउने विश्वास समितिका सभापति रामहरी खतिवडाले व्यक्त गर्नुभयो।
  • अगाडि प्रक्रिया: समितिबाट पारित विधेयक अब छिट्टै संघीय संसदमा पेस गरिनेछ।

काठमाडौं –

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

मंगलवार सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो । समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिनुभयो ।

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने गरिने समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस