२०८२ असार १७ गते, मंगलवार ०६:५६

मन्त्री भण्डारीले आफ्नो भू–राजनीतिक अवस्थालाई उपयोग गर्दै भारत र चीनबाट आर्थिक रूपमा कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको समेत बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • आन्तरिक लगानी प्राथमिकता: उद्योगमन्त्री दामोदर भण्डारीले नेपालले आन्तरिक लगानी प्रवद्र्धनलाई प्राथमिकतामा राखेको र लगानीमैत्री वातावरण बनाउन कानुनी संरचनाहरू परिमार्जन गरिएको बताएका छन्।
  • छिमेकीसँग सहकार्य: भारत र चीनसँगको सम्बन्ध विस्तार गर्दै उनीहरूको पुँजी, प्रविधि र अनुभवबाट लाभ लिने सरकारको योजना रहेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो।
  • भू–राजनीतिक उपयोग: नेपालले आफ्नो भू–राजनीतिक अवस्थालाई उपयोग गरी छिमेकी मुलुकहरूको विश्वास जितेर आर्थिक लाभ लिनेमा गम्भीर रहेको सरकारको दृष्टिकोण रहेको छ।

काठमाडौं –

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले आन्तरिक लगानी प्रवद्र्धनलाई प्राथमिकता दिँदै छिमेकी मुलुक भारत र चीनसँगको आर्थिक सहयोगलाई विस्तार गर्ने योजना बनाएको बताउनुभएको छ ।

फ्रेण्ड अफ सिल्क रोड क्लब–नेपालले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘साझा भविष्यसहितको समुदायको निर्माण’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू भारत र चीनसँगको सम्बन्धलाई विस्तार गर्दै उनीहरूको पुँजी, प्रविधि र अनुभवबाट लाभ लिने योजना रहेको बताउनु भयो । उहाँले दुवै छिमेकीसँग समान रूपमा सहकार्य गर्ने बताउनु भयो ।

मन्त्री भण्डारीले आफ्नो भू–राजनीतिक अवस्थालाई उपयोग गर्दै भारत र चीनबाट आर्थिक रूपमा कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको समेत बताउनु भयो । उहाँले नेपालले आफ्नो अनुकूलतामा छिमेकी मुलुकहरूको विश्वास कमाउनुपर्ने समेत जिकिर गर्नुभयो ।

उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट पनि लगानीमैत्री वातावरण बनाउने कुरालाई विशेष प्राथमिकतामा राखेर संरचनात्मक रूपमा जटिलताहरूलाई पन्छाएर थुप्रै कानूनहरू परिवर्तन गरेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस