२०८२ असार १७ गते, मंगलवार ०७:१७

महामन्त्री थापाले कानुनमा सुधार गर्ने कुराहरू अगाडी बढाएको बताउँदै दोस्रो चरणको काम केही दिनमा शुरु गर्ने जिकिर गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • अप्रासंगिक कानुन खारेजको आवश्यकता: काँग्रेसका महामन्त्री गगन थापाले दर्जनौँ काम नलाग्ने कानुन, नियम र कार्यविधि खारेज गरी नयाँ सुधारात्मक संरचना आवश्यक रहेको बताए।
  • आर्थिक सुधारको निरन्तरता: ९० को दशकमा रोकिएको आर्थिक सुधारलाई काँग्रेस–एमाले सहकार्यबाट अघि बढाउनुपर्नेमा उनले जोड दिए, र केही दिनमै दोस्रो चरणको काम सुरु हुने जानकारी दिए।
  • जनतामुखी सरकारको जोड: काँग्रेस र एमालेको सहकार्यले सरकार चलाउँदा जनताले प्रत्यक्ष लाभ पाउनुपर्ने भन्दै उनले त्यो अवस्थामा मात्रै यसको सार्थकता हुने बताए।

काठमाडौं –

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काम नलाग्ने दर्जनौँ कानूनहरू खारेज गर्न आवश्यक रहेको बताउनुभएको छ ।

काँग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२-८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस र एमालेसँगै भएको बेलामा रोकिएर बसेका ९० को दशकमा गरिएका आर्थिक सुधारका काम कामहरूलाई अगाडी बढाउनुपर्ने बताउनु भयो ।

उहाँले आर्थिक सुधारका कामहरूका विषयमा केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको समेत जानकारी दिनुभयो । महामन्त्री थापाले कानुनमा सुधार गर्ने कुराहरू अगाडी बढाएको बताउँदै दोस्रो चरणको काम केही दिनमा शुरु गर्ने जिकिर गर्नुभयो । उहाँले काम नलाग्ने दर्जनौँ नियम र कार्यविधिलाई खारेज गरी नयाँ कुराहरू थपेर संरचनालाई ठिक ठाउँमा लानुपर्नेमा जोड दिनुभयो ।

उहाँले काँग्रेस र एमाले मिलेर सरकार चलाउँदै गर्दा त्यसको लाभ आम नागरिकले पाउनुपर्ने बताउँदै तब मात्रै यसको अर्थ हुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस