सम्झौताले प्रहरी र उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ बनाउने अपेक्षा गरिएको छ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज –
नेशनल मेडिकल कलेज वीरगन्जले नेपाल प्रहरी, भूतपूर्व प्रहरी र उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता जिल्ला प्रहरी कार्यालय, पर्सासँग गरेको छ। आज सम्पन्न दुईपक्षीय सम्झौतामा मेडिकल कलेजका प्रबन्धक शहानवाज अन्सारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले हस्ताक्षर गरे।

सम्झौता अनुसार, बहालवाला नेपाल प्रहरी कर्मचारीलाई ओपीडी टिकटमा ५०%, बेड, केबिन, आईसीयू, एनआईसीयू, पीआईसीयू बेड चार्जमा २५%, तथा भिडियो एक्स-रे, एक्स-रे, ईसीजी लगायतका सेवामा २५% छुट उपलब्ध हुनेछ। त्यस्तै, भूतपूर्व प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारलाई ओपीडी टिकटमा ५०%, बेड, केबिन, आईसीयू, एनआईसीयू, पीआईसीयू बेड चार्जमा २०%, र भिडियो एक्स-रे, एक्स-रे, ईसीजी लगायतका सेवामा २०% छुट प्रदान गरिनेछ।
कार्यक्रममा कलेजका सञ्चालक प्रो.डा. जैनुदिन अन्सारी, मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, प्रहरी नायब उपरीक्षक सुबास भट्ट लगायतको उपस्थिति रहेको थियो। यो सम्झौताले प्रहरी र उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ बनाउने अपेक्षा गरिएको छ।