२०८२ भाद्र २ गते, सोमबार १४:२६

काँग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२-८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सुन–चाँदी व्यापार खुला गर्न माग: शेरबहादुर देउवाले नेपालमा सुन र चाँदीको खरिद–बिक्री पूर्ण रूपमा खुला गर्नुपर्ने बताउँदै, यसले चोरी, तस्करी र विचौलियाको अन्त्य गर्ने उल्लेख गर्नुभयो।
  • पूर्व प्रधानमन्त्रीको अनुभव: देउवाले आफू प्रधानमन्त्री हुँदा सुनको व्यापार खोलिएको स्मरण गर्दै अहिले पनि त्यस्तै नीति आवश्यक रहेको धारणा राख्नुभयो।
  • भ्रष्टाचार न्यूनीकरणमा जोड: उहाँले भ्रष्टाचार नियन्त्रणका लागि व्यापक छलफल आवश्यक रहेको र सुधारका उपायहरूमा ध्यान दिनुपर्ने बताउनुभयो।

काठमाडौं –

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सुन,चाँदी खरिदका लागि पूर्ण रुपमा खुला गर्नुपर्ने बताउनुभएको छ ।

काँग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२-८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले काठमाडौंमा सुनको व्यापार गर्नेहरुलाई बोलाएर सोध्दा चोरीको सुनबाट गहना बनाउनुपरेको गुनासो गरेको भन्दै नेपालमा सुन पूर्ण रुपमा खुला गर्नुपर्ने बताउनु भयो ।

उहाँले आफू प्रधानमन्त्री रहेको बेलामा पनि आफूले सुन पूरा रुपमा खोलेको बताउँदै सुन पूर्ण रुपमा खोल्न रोक्न नहुने बताउनु भयो । पूर्ण रुपमा खोल्दा चोरी हुन नसक्ने र विचौलिया, बद्मासी र तस्कर गर्नेहरुलाई फाइदा नहुने जिकिर गर्नुभयो । सुन पूर्ण रुपमा नखौल्नु बद्मासी भएको बताउनु भयो । मानिसहरु नोटमा विश्वास नगर्ने तर सुनमा विश्वास गर्ने गरेको उल्लेख गर्नुभयो ।

सभापति देउवाले भ्रष्टाचार रोक्न अझै व्यापक छलफल गरेर भ्रष्टाचार न्युनिकरणमा जोड दिनुपर्ने बताउनु भयो । अहिले नेपालमा व्यापारीहरुले दैनिक २० किलोसम्म सुन आयात गर्नसक्ने नीतिगत व्यवस्था छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस