२०८२ असार १७ गते, मंगलवार ०१:१२

शासकीय स्वार्थ र अव्यवस्थाको कारणले शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन नसकेको उहाँको भनाइ छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्रधानमन्त्रीको आग्रह: प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई सिकेको ज्ञान र सीपलाई राष्ट्र र समाजको सेवामा इमानदारीपूर्वक प्रयोग गर्न आग्रह गर्नुभयो।
  • सरकारको प्रतिबद्धता: राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो।
  • शिक्षा क्षेत्रको चुनौती: उहाँले शासकीय स्वार्थ र अव्यवस्थाका कारण शिक्षा क्षेत्रको अपेक्षित विकास हुन नसकेको भन्दै वास्तविक लोकतन्त्रको अभ्यासमार्फत सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो।

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमाँदारीपूर्वक लगाउन विधार्थीलाई आग्रह गर्नुभएको छ ।

मंगलवार राजर्षि जनक विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रथम दीक्षान्त समारोह ऐतिहासिक रहेको उल्लेख गर्दैै गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

उहाँले शक्ति युगमा विद्धता, ज्ञान र दर्शनको छलफल हुने गरेको उल्लेख गर्दै चार हजार वर्षपछि त्यही ठाउामा आइपुगेको बताउनु भयो । शासकीय स्वार्थ र अव्यवस्थाको कारणले शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन नसकेको उहाँको भनाइ छ ।

वास्तविक लोकतन्त्रको अभ्यास गरेर शिक्षा क्षेत्रको विकासलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस