जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै प्रतिपक्षी दलहरूले संसद बैठक अवरुद्ध गर्दै आएका छन्। उनीहरूले गृहमन्त्रीको भूमिका स्पष्ट नहुँदासम्म राजीनामा र छानबिन समिति गठनको माग दोहोर्याइरहेका छन्।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं-
संघीय संसदको प्रतिनिधिसभा बैठक आज अपराह्न ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने तय भएको छ। तर, प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सक्ने वा नसक्ने भन्नेमा अनिश्चितता कायम छ।

संसद सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने तयारी छ। साथै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची छ।
तर, जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै प्रतिपक्षी दलहरूले संसद बैठक अवरुद्ध गर्दै आएका छन्। उनीहरूले गृहमन्त्रीको भूमिका स्पष्ट नहुँदासम्म राजीनामा र छानबिन समिति गठनको माग दोहोर्याइरहेका छन्।
सभामुख घिमिरेले संसद सुचारु गर्न सत्ता पक्ष र विपक्षी नेताहरूसँग पटक–पटक छलफल गरे पनि सहमति जुट्न नसक्दा आजको बैठक बस्ने वा स्थगित हुने भन्ने अन्योल यथावत् छ।