इजरायल र हमासले जनवरी २०२५ मा इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले बुधवार एक विज्ञप्तिमा यसबारे जानकारी दिएका हुन् । विगत २४ घण्टामा इजरायली सेनाले १ सय २० जनाको हत्या गरेको छ ।

४ सय ७४ जना घाइते भएका छन् । जसबाट अक्टोबर २०२३ को सुरुमा हमास–इजरायल द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ५५ हजार १ सय ४ र घाइते हुनेको संख्या १ लाख २७ हजार ३ सय ९४ पुगेको छ ।
इजरायल र हमासले जनवरी २०२५ मा इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए । यद्यपि दुई महिना पछि इजरायलले दोस्रो चरणको आक्रमण ग¥यो ।