२०८२ असार १७ गते, मंगलवार ०४:५२

दमास्कस र इस्तानबुल बीचको उड्डयन सेवा हप्ताको पाँच दिन सञ्चालन हुनेछ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • १२ वर्षपछि उडान पुनः सुरु: सिरियन एयरले गृहयुद्धका कारण १२ वर्षअघि बन्द गरिएको दमास्कस–इस्तानबुल उडान सेवा पुनः सुरु गरेको छ।
  • हप्तामा पाँच उडान: दमास्कस र इस्तानबुलबीच अब हप्तामा पाँचपटक उडान सेवा सञ्चालन हुनेछ।
  • संबन्ध सुधारको संकेत: यो सेवा नयाँ साझेदारी र सिरिया–टर्कीबीचको पुनस्र्थापित सम्बन्धको प्रतीकका रूपमा स्वागत गरिएको छ।

काठमाडौं –

राष्ट्रिय ध्वजावाहक सिरियन एयरले १२ वर्षको निलम्वनपछि टर्किएको उडान पुनः शुरु गरेको इस्तानबुल विमानस्थलको प्रेस कार्यालयले बुधवार जनाएको छ । एक समारोहका साथ स्वागत गर्दै दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान मंगलवार साँझ इस्तानबुल विमानस्थलमा अवतरण ग¥यो । दमास्कस र इस्तानबुल बीचको उड्डयन सेवा हप्ताको पाँच दिन सञ्चालन हुनेछ ।

समारोहमा बोल्दै इस्तानबुल विमानस्थलका वाणिज्य निर्देशक फिरात ओकाकले उडान नयाँ मार्गको सुरुवात मात्र नभइ पुनस्र्थापित सम्बन्ध, बढ्दो साझेदारी र साझा अवसरहरूको प्रतिक रहेको बताउनु भयो । यस वर्ष इस्तानबुल विमानस्थलसँग छैटौं नयाँ एयरलाइन साझेदारको रूपमा सिरियन एयर थपिएपछि क्षेत्रीय सम्पर्कलाई बढावा मिल्नेछ । सिरियामा गृहयुद्धका कारण कम्पनीले दमास्कस र इस्तानबुल बीचको सञ्चालन लगभग १२ वर्षदेखि निलम्वन गरेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस