सुन्दर जीवनको कल्पना गर्दै वर्षेनी लाखौं नेपालीहरु पलायन हुने गरेको उल्लेख गर्दै उनीहरुलाई स्वदेश फर्कने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीविकुमार नेपालले देशभित्र समुचित विकास भएमा वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर स्वाभाविक रूपमा रोकिने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगभर्नर नेपालले यस्तो बताउनुभएको हो । जनशक्तिको पलायनलाई केवल नियमनले मात्र रोक्न नसकिने बताउँदै देशमा स्थायित्व, अवसर र विश्वसनीय वातावरण निर्माणको खाँचो रहेको उहाँको भनाइ छ ।
सुन्दर जीवनको कल्पना गर्दै वर्षेनी लाखौं नेपालीहरु पलायन हुने गरेको उल्लेख गर्दै उनीहरुलाई स्वदेश फर्कने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो । उहाँले शिक्षा आर्जन तथा कामको सिलसिलामा विदेश जाने तर नफर्कने क्रम बढेको उल्लेख गर्दै यसबारे सरकार गम्भीर बन्न जरुरी रहेको बताउनु भयो ।
उहाँले अगामी आर्थिक वर्षको बजेट विगतको तुलनामा प्रगतिशील रहेको बताउनु भयो । मुलुकको वर्तमान परिस्थितिको सामना गर्नेगरी बजेट आएको पूर्वगभर्नर नेपालको भनाइ छ ।