आगलागी र विमानको व्यापक क्षतिका कारण मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा परेका यात्रुहरूमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दैनिक भास्करका अनुसार रूपाणी आफ्नी छोरीलाई भेट्न लन्डन जाँदै गर्दा यो दुर्घटना भएको हो।

एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१ ले २४२ जना यात्रु बोकेर दिउँसो १:३८ बजे अहमदाबादबाट लन्डनका लागि उडान भरेको थियो। तर, उडान गरेको दुई मिनेटमै विमान विमानस्थलको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। रूपाणीका निकट सहयोगी नितिन भारद्वाजले उनको सिट नम्बर १२ रहेको र उनी लन्डनमा आफ्नी छोरीलाई भेट्न जाँदै गरेको पुष्टि गरेका छन्।
प्रारम्भिक अनुसन्धानले विमानको इन्जिनमा प्राविधिक गडबडीका कारण दुर्घटना भएको संकेत गरेको छ। दुर्घटनास्थलमा उद्धार कार्य तीव्र गतिमा जारी छ। उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट हालसम्म ५० जनाको शव निकालिसकेका छन्। आगलागी र विमानको व्यापक क्षतिका कारण मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
यो दुर्घटना भारतको नागरिक उड्डयन इतिहासमा ठूलो क्षति पुर्याउने घटनामध्ये एक मानिएको छ। थप विवरणको प्रतीक्षा जारी छ।