२०८२ असार १७ गते, मंगलवार ०१:३७

बालुवाटारमा बिहीवार भएको काठमाडौं विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  शिक्षामा आमूल सुधारको आवश्यकता: ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्ने बताउँदै शिक्षामा आमूल परिवर्तन आवश्यक भएको बताए।
  • बजेट विनियोजनमा असन्तुलन: उनले मेडिकल शिक्षामा अत्यधिक बजेट छुट्याएर अन्य विषयजस्तै इन्जिनियरिङमा कम बजेट दिनु अनुचित भएको उल्लेख गर्दै पुनःविचार गर्नुपर्ने बताए।
  • सर्वसाधारणको पहुँचमा शिक्षा: उनले शिक्षा सबै जनताको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिँदै समाज समुन्नत बनाउन सबै क्षेत्रमा समान रूपमा लगानी गर्नुपर्ने बताए।

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्ने बताउनुभएको छ ।

बालुवाटारमा बिहीवार भएको काठमाडौं विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षामा आमुल परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले शिक्षामा भइरहेको असन्तुलित बजेट विनियोजनमा पुनः विचार गर्नुपर्ने बताउनु भयो ।

मेडिकल स्वास्थ्यमा धेरै बजेट विनियोजना गर्ने र इन्जिनियर लगायत अरु विषयमा बजेट कम भइरहेको बारेमा पनि पुनःविचार गर्न जरुरी रहेको बताउनु भयो । शिक्षालाई आम जनताको पहुँचमा पु¥याउन जरुरी रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले कुनै एउटा विषयमा मात्रै लगानी गरेर समाज चल्न नसक्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस