उद्घाटन समारोहलाई सम्बोधन गर्दै उप-मेयर कुशवाहाले वडा नम्बर ३ का खेलाडीहरूले प्रतियोगितामा भाग नलिएकोमा दुख व्यक्त गर्नुभयो। उनले भनिन्, “अहिले पनि समय छ, तपाईंहरू आइहाल्नुहोस्। हार र जित खेलको प्रक्रिया हो, तर सबैले जितको हौसला राख्नुपर्छ।”
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
बहुदरमाई-
बहुदरमाई नगरपालिकाको आयोजनामा आज दोस्रो उप-मेयर क्रिकेट कपको एक भव्य समारोहबीच उद्घाटन भएको छ। कार्यक्रमकी प्रमुख अतिथि उप-मेयर सुष्मा कुशवाहाले रिबन काटेर प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उप-मेयर कुशवाहाले वडा नम्बर ३ का खेलाडीहरूले प्रतियोगितामा भाग नलिएकोमा दुख व्यक्त गर्नुभयो। उनले भनिन्, “अहिले पनि समय छ, तपाईंहरू आइहाल्नुहोस्। हार र जित खेलको प्रक्रिया हो, तर सबैले जितको हौसला राख्नुपर्छ।” उनले यो दोस्रो उप-मेयर क्रिकेट कप आयोजना गर्न पाउँदा गर्व महसुस भएको बताउँदै प्रचण्ड गर्मीमा पनि खेलाडीहरूको उत्साह र जागरको प्रशंसा गर्नुभयो।

उप-मेयर कुशवाहाले खेल मैदान नजिकै पुल निर्माणका लागि संघीय सरकारका मन्त्रीसँग प्रतिबद्धता गराएको र उक्त प्रस्ताव स्वीकृत भइसकेको जानकारी दिइन्। उनले थपिन्, “चाँडै नै पुल निर्माणको काम शुरू हुनेछ। साथै, यो खेल मैदानको स्तरउन्नतिका लागि हामी निरन्तर प्रयासरत छौं।”
कार्यक्रममा बहुदरमाई नगरपालिकाका नेकपा एमाले नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, वडा नम्बर ३ का वडा अध्यक्ष दिनेश प्रसाद यादव, वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र यादव, वडा नम्बर ५ का वडा अध्यक्ष सुनिल कुशवाहा, एमाले नेता रामबाबु साह, अशोक रौनियार, बलिष्ट्र सर, बिकी कुशवाहा, सीताराम माध्यमिक विद्यालयका व्यवस्थापक समितिका अध्यक्ष अशोक कुशवाहा, एमाले कमिटी बहुदरमाईका अध्यक्षलगायत स्थानीय नेता, युवा, बुद्धिजीवी, अभिभावक, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
यो प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै सामुदायिक एकता र खेलकुदप्रतिको रुचिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।