२०८२ असार १६ गते, सोमबार २०:४४

गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलभन्दा पनि केही व्यक्तिहरु नियोजित ढंगले राजनीतिक पूर्वाग्रह राखेर सदन अवरोध भइरहेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • शिक्षा विधेयक पारित हुने: गृहमन्त्री रमेश लेखकले शिक्षक–सरकार सम्झौताअनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सरकारको प्रतिबद्धता जनाउनुभयो।
  • शिक्षक आन्दोलनको प्रशंसा: मन्त्री लेखकले शिक्षक आन्दोलनले विद्यार्थीलाई संघर्ष र अधिकारको पाठ सिकाएको उल्लेख गर्दै आन्दोलनको भूमिका प्रशंसा गर्नुभयो।
  • सदन अवरोधप्रति टिप्पणी: अख्तियारको छानबिनलाई लिएर सदन अवरुद्ध हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै, केही व्यक्तिहरू राजनीतिक पूर्वाग्रहले सदन अवरोध गरिरहेको आरोप लगाउनुभयो।

काठमाडौं –

गृहमन्त्री रमेश लेखकले शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ ।

बिहीवार नेपाल शिक्षक संघको २४ औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शिक्षक आन्दोलनको स्मरण गर्दै शिक्षकले विद्यालय र कक्षा कोठामा मात्र नभई सडकमा समेत कसरी प्रश्तुत हुनुपर्छ भनेर विद्यार्थीलाई पाठ सिकाएको बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेस विद्यालय शिक्षा विधेयकमा शिक्षकहरुले उठाएको माग सम्बोधन गर्ने विषयमा एकमत रहेको र सहमति र सम्झौताबमोजिम शिक्षा विधेयक पारित गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलभन्दा पनि केही व्यक्तिहरु नियोजित ढंगले राजनीतिक पूर्वाग्रह राखेर सदन अवरोध भइरहेको बताउनु भयो । उहाँले सदन सुचारु गर्ने विषयमा छलफल भइरहेकोले सम्झौताअनुसार असार १५ गते नै शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले अख्तियारले एउटा कर्मचारीमाथि गरिरहेको छानविनलाई लिएर सदन अवरुद्ध हुनु दुःखको कुरा भएको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस