२०८२ असार १७ गते, मंगलवार ०७:१५

राजा महेन्द्रवीरविक्रम शाहदेवको १०५ औ जन्म जयन्तीको अवसरमा राप्रपा नेपालको राजनीतिक विभागले बिहीवार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्र निर्माणमा स्व. श्री ५ महेन्द्रको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • राजतन्त्र पुनःस्थापनाको आन्दोलन जारी: राप्रपा नेपाल अध्यक्ष कमल थापाले राजतन्त्र पुनःस्थापनाको आन्दोलन अझै चलिरहेको र जनताको परिवर्तन चाहना अनुसार अघि बढिरहेको बताउनुभयो।
  • आन्दोलनलाई नयाँ ढंगले अगाडि लैजाने: थापाले आन्दोलनमा केही कमजोरी भए पनि त्यसलाई सच्याउँदै संयुक्त जनआन्दोलन समितिलाई सशक्त रूपमा अगाडि बढाउने उल्लेख गर्नुभयो।
  • राष्ट्रवादी शक्तिको एकता: उहाँले राष्ट्रवादी, देशभक्त र प्रजातान्त्रिक शक्तिहरूलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनस्र्थापनाको आन्दोलनको जारी रहेको बताउनुभएको छ ।

राजा महेन्द्रवीरविक्रम शाहदेवको १०५ औ जन्म जयन्तीको अवसरमा राप्रपा नेपालको राजनीतिक विभागले बिहीवार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्र निर्माणमा स्व. श्री ५ महेन्द्रको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपयलाई आन्दोलनको भविष्यको बारेमा चिन्ता, चासो र जिज्ञासा रहेको बताउँदै केही व्यक्ति विशेषले चाहँदैमा जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउने नसक्ने बताउनु भयो ।

उहाँले आन्दोलन असफल भएको वा तुहिएको भन्ने नसोच्न समेत आग्रह गर्नुभयो । अध्यक्ष थापाले केही कमी,कमजोरीहरू रहे पनि त्यसलाई सच्याउँदै नयाँ ढङ्गबाट आन्दोलनलाई अगाडी बढाउने र निर्णायक अवस्थामा पु¥याउनेतर्फ संयुक्त जनआन्दोलन समिति आगामी दिनमा सशक्त रूपले आउने जिकिर गर्नुभयो । उहाँले छ । जनआन्दोलन समितिमा रहेका दल र समूहहरू एकतावद्ध रहेको बताउँदै उक्त एकतालाई कसैले चाहेर पनि टुटाउन नसक्ने दाबी गर्नुभयो ।

उहाँले परिवर्तन चाहने राष्ट्रवादी, देशभक्त र प्रजातान्त्रिक शक्तिहरूलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस