२०८२ असार १७ गते, मंगलवार ०१:१०
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  दुर्घटना विवरण: वीरगन्जको ड्राइपोर्ट सडक खण्डमा रोकिएको भारतीय ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्।
  • मृतकको परिचय: छिपहरमाई गाउँपालिकाका रामाकान्त यादव र विजय यादवको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
  • घाइतेको अवस्था: विजय कुमार यादव गम्भीर घाइते भएका छन्, उनको टाउको र शरीरमा चोट लागेको छ र अवस्था चिन्ताजनक छ।

वीरगन्ज-

पर्साको वीरगन्ज महानगरपालिका वडा नं २२ ड्राइपोर्ट सडक खण्डस्थित सिताराम चोकमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर रूपमा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, भुसा लोड गरी बिग्रेर रोकिएको भारतीय ट्रक (एच आर ५५ के ३९७१) मा पछाडिबाट आएको मोटरसाइकल (बागमती प्रदेश ०३ ००४ प ८६१२) ठोक्किँदा यो दुर्घटना भएको हो। मोटरसाइकल सिर्सियाबाट ड्राइपोर्टतर्फ जाँदै थियो।

दुर्घटनामा पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ झलमैया निवासी राम शरण यादवका छोरा २३ वर्षीय रामाकान्त यादव र सुसराम यादवका छोरा २३ वर्षीय विजय यादवको मृत्यु भएको छ। उनीहरूको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा सोही ठाउँका मनिका राउत अहिरका छोरा २२ वर्षीय विजय कुमार यादव रहेका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस