२०८२ असार १६ गते, सोमबार २१:४६

अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने विषय, ल एण्ड अर्डर मेण्टन गर्न, शान्ति सुरक्षा कायम गर्न, आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्नका लागि आगामी आर्थिक वर्षमा कमी हुन नदिने बताए ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • बजेट वृद्धि: गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीतर्फ आगामी वर्षको बजेटमा उल्लेख्य वृद्धि गरिएको र वर्षभरका लागि तलव, पोशाक, रासनको एकमुष्ट व्यवस्था गरिएको बताए।
  • अघिल्लो समस्या समाधान: अघिल्ला वर्षमा ८–९ महिनापछि बजेट अभावको समस्या हुने गरेकोमा, यसपटक त्यो समस्या नदोहोरिने गरी बजेट विनियोजन गरिएको उल्लेख गरे।
  • अनुसन्धानमा प्रविधि प्रयोग: अनुसन्धान भरपर्दो र प्रभावकारी बनाउन प्रविधिको अधिक प्रयोग, शान्ति सुरक्षा र आवश्यक सामग्री व्यवस्थापनमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

काठमाडाैँ –

गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन् ।अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मुलुकको साधन, श्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रुपमा बढी बजेट विनियोजन गरेको गृहमन्त्री लेखकको भनाइ छ । उनले यसअघिका वर्षहरुमा ८ देखि ९ महिनासम्मका लागि तलव, पोशाक, रासनको व्यवस्था हुने, ९ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुने गरेको भन्दै यस पटक त्यस्तो समस्या आउन नदिने गरी बजेट विनियोजन गरेको बताए ।

वर्षभरका लागि तलव, पोशाक, रासनको एकमुष्ट बजेट विनियोजन गरिएको उनको दाबी छ । अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने विषय, ल एण्ड अर्डर मेण्टन गर्न, शान्ति सुरक्षा कायम गर्न, आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्नका लागि आगामी आर्थिक वर्षमा कमी हुन नदिने बताए ।

गृहमन्त्री लेखकले बढी भन्दा बढी प्रविधिको प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको बताए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस