२०८२ असार १७ गते, मंगलवार ०१:११

प्रहरी निरीक्षक निरोज चौलागाईको संयोजनमा भएको तालिममा मधेश प्रदेश विपद् व्यवस्था गुल्म वीरगन्जका प्रहरी सहायक निरीक्षक भोजराज साह, हवल्दार त्रेता चौधरी, जवान जय प्रकाश कुशवाहा र प्रदिप ठाकुरले प्रशिक्षण दिए।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • तालिम सम्पन्न: वीरगन्ज वडा प्रहरी कार्यालयले बिर्ता चोकमा आगलागी नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम सम्पन्न गरेको छ।
  •  ७५ जना सहभागी: तालिममा स्थानीय भद्रभलाद्मी, समाजसेवी, बुद्धिजीवी र प्रहरी अधिकृतसहित ७५ जना सहभागी थिए।
  • तालिमको उद्देश्य: आगलागी जोखिम, नियन्त्रण विधि, प्राथमिक उपचार र समन्वयात्मक जिम्मेवारीबारे जानकारी दिई स्थानीयलाई विपद् प्रतिक्रिया दिन सक्षम बनाउनु तालिमको मुख्य उद्देश्य थियो।

वीरगन्ज-

वीरगन्ज महानगरपालिका वडा नं. ४, बिर्ता चोकस्थित वडा प्रहरी कार्यालयले आयोजना गरेको आगलागी नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम शनिबार सम्पन्न भएको छ।

प्रहरी निरीक्षक निरोज चौलागाईको संयोजनमा भएको तालिममा मधेश प्रदेश विपद् व्यवस्था गुल्म वीरगन्जका प्रहरी सहायक निरीक्षक भोजराज साह, हवल्दार त्रेता चौधरी, जवान जय प्रकाश कुशवाहा र प्रदिप ठाकुरले प्रशिक्षण दिए। ७५ जना सहभागीमध्ये स्थानीय भद्रभलाद्मी, समाजसेवी, बुद्धिजीवी र प्रहरी अधिकृत थिए।

तालिममा आगलागीको जोखिम, पूर्वसावधानी, तत्कालीन नियन्त्रण, जनसुरक्षा, विपद् व्यवस्थापन, आगो निभाउने तरिका, प्राथमिक उपचार र समन्वयात्मक जिम्मेवारीबारे जानकारी दिइयो। आयोजकका अनुसार तालिमको उद्देश्य सुरक्षा चेतना बढाई विपद्मा स्थानीयस्तरमा प्रभावकारी प्रतिक्रिया दिन सक्षम बनाउनु हो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस