♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
जनकपुरधाम –
गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा ८८१ व्यावसायिक र औद्योगिक प्रतिष्ठानलाई नयाँ नापतौल यन्त्र र अनुमतिपत्र प्रदान गरेको छ।
अनुमतिपत्रबिनै नापतौल यन्त्र प्रयोग गर्ने १ हजार ८७२ व्यवसायीलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनील यादवले जानकारी दिए। उनीहरूले आफूखुसी ढक, तराजु र डिजिटल यन्त्र प्रयोग गरेको पाइएको छ।

दश महिनामा २ हजार ३७२ व्यवसायीको नापतौल यन्त्र जाँच गरिएको छ। सर्लाही, महोत्तरी र रामेछापमा सचेतना फैलाइएको र रु ४१ लाख १२ हजार ८४० राजस्व सङ्कलन भएको छ।