मलेसियालाई महमद महथिर (२२ वर्ष), भियतनामलाई हो चि मिन (२४ वर्ष) र सिङ्गापुरलाई ली क्वान यु (३१ वर्ष) ले समृद्ध बनाएको उदाहरण दिँदै नेपालमा काङ्ग्रेस, एमाले, माओवादी र मधेसवादीले देशलाई खरानीमा बदलेको आरोप लगाए।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
पर्सा-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देशको समृद्धिका लागि मार्क्सवाद, लेनिनवाद र माओवादजस्ता आयातित विचारको सट्टा ‘नेपालबाद’ आवश्यक रहेको बताए। शनिबार बहुदरामाई–३, नगरदाहमा प्रथम वडा भेलामा उनले मार्क्स, लेनिन र माओले आफ्नो देशको परिस्थितिअनुसार विचार प्रतिपादन गरेको स्मरण गर्दै नेपालमा यी विचारको अर्थ नरहेको जिकिर गरे।

उनले मलेसियालाई महमद महथिर (२२ वर्ष), भियतनामलाई हो चि मिन (२४ वर्ष) र सिङ्गापुरलाई ली क्वान यु (३१ वर्ष) ले समृद्ध बनाएको उदाहरण दिँदै नेपालमा काङ्ग्रेस, एमाले, माओवादी र मधेसवादीले देशलाई खरानीमा बदलेको आरोप लगाए। रास्वपालाई विकासको एकमात्र विकल्प भएको उनको भनाइ छ।
भेलाले राजकिशोर साह (सभापति), राजु यादव (उपसभापति), सत्रुधन यादव (सचिव) र ११ सदस्यीय वडा कमिटी गठन गरेको छ। सदस्यहरूमा राजकुमार गुप्ता, बानारसी साह, इम्तियाज आलम, सागर यादव, ललिता देवी, सङिता देवी, सितापति देवी, सफिना खातुन र कुश्मा देवी पासवान छन्। नगर सभापति चन्दन यादवको सभापतित्वमा भएको भेलामा डा. नन्दन यादव, दिलिप कुर्मी र सुदिस प्रजापतिले सम्बोधन गरे। सहजीकरण प्रमोद रायमाझीले गरे।