का प्रहरी कार्यालय पटेर्वासुगौली पर्साले घटनास्थलमा पुगेर लाश जाँच र प्रारम्भिक अनुसन्धान गरेको छ। फेला परेका अंगहरूलाई नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखिएको छ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज –
पर्सा जिल्लाको पर्सागढी नगरपालिका–१ स्थित पर्सा राष्ट्रिय निकुञ्जको भालु खोला फारलाईन क्षेत्रमा शुक्रबार साँझ ५ बजे एक वेवारिसे मानव शरीरको अंग फेला परेको छ। जंगली जनावरका लागि बनाइएको पानीको खाल्टोमा एक खुट्टा र दुई हात भेटिएकोमा खाल्टोबाट ३०० मिटर टाढा टाउकोको अस्तिपञ्जर पनि भेटिएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साले घटनास्थलमा पुगेर लाश जाँच र प्रारम्भिक अनुसन्धान गरेको छ। फेला परेका अंगहरूलाई नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखिएको छ। हालसम्म मृतकको सनाखत हुन सकेको छैन। घटनास्थलमा निलो रंगको पुरुष पाइन्ट र सेतो फुलवाला सर्ट पनि भेटिएको छ।
मृतकलाई चिन्ने जोकोहीले पर्सा प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।