२०८३ मंसिर ११ गते, शुक्रबार ३:०४

पर्सा राष्ट्रिय निकुञ्जमा वेवारिसे मानव अंग फेला, मृतक सनाखत हुन सकेन

का प्रहरी कार्यालय पटेर्वासुगौली पर्साले घटनास्थलमा पुगेर लाश जाँच र प्रारम्भिक अनुसन्धान गरेको छ। फेला परेका अंगहरूलाई नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखिएको छ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • मानव अंग फेला: पर्सा राष्ट्रिय निकुञ्जको भालु खोला फारलाइन क्षेत्रमा एक खुट्टा, दुई हात र टाउकोको अस्तिपञ्जरसहित वेवारिसे मानव अंगहरू फेला परेका छन्।
  •  मृतकको सनाखत नभएको: हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन भने घटनास्थलमा निलो पाइन्ट र सेतो फुलवाला सर्ट पनि फेला परेको छ।
  •  प्रहरी अनुसन्धान जारी: फेला परेका अंगहरू नारायणी अस्पतालको शव गृहमा राखिएको छ र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले अनुसन्धान अघि बढाएको छ।

वीरगन्ज –

पर्सा जिल्लाको पर्सागढी नगरपालिका–१ स्थित पर्सा राष्ट्रिय निकुञ्जको भालु खोला फारलाईन क्षेत्रमा शुक्रबार साँझ ५ बजे एक वेवारिसे मानव शरीरको अंग फेला परेको छ। जंगली जनावरका लागि बनाइएको पानीको खाल्टोमा एक खुट्टा र दुई हात भेटिएकोमा खाल्टोबाट ३०० मिटर टाढा टाउकोको अस्तिपञ्जर पनि भेटिएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साले घटनास्थलमा पुगेर लाश जाँच र प्रारम्भिक अनुसन्धान गरेको छ। फेला परेका अंगहरूलाई नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखिएको छ। हालसम्म मृतकको सनाखत हुन सकेको छैन। घटनास्थलमा निलो रंगको पुरुष पाइन्ट र सेतो फुलवाला सर्ट पनि भेटिएको छ।

मृतकलाई चिन्ने जोकोहीले पर्सा प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस