२०८२ असार १७ गते, मंगलवार १२:५५

संसदभित्र रास्वपाको घटना भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  रास्वपा नेतृत्वविहीन र अल्मलिएको भट्टराईको टिप्पणी: नेकपा एमाले सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हाल नेतृत्वविहीन भएको र त्यसकै कारण अल्मलिएको अवस्था देखिएको बताउनुभयो।
  • रास्वपाको उद्देश्य र दिशा अस्पष्ट: भट्टराईले रास्वपालाई बादलमा उडिरहेको कागको जस्तो गन्तव्यविहीन र उद्देश्यहीन पार्टीको रूपमा चित्रण गर्नुभयो।
  • सांसद पद निलम्बनपछि भूमिका सीमित: उहाँले पार्टी प्रमुखको सांसद पद निलम्बनपछि औपचारिक भूमिकामा सहभागी हुन नपाउने तर दलको नेताबाट नहटाउने परिपाटी रहेको उल्लेख गर्नुभयो।

काठमाडौँ –
नेकपा एमाले सचिव योगेश भट्टराईले नेतृत्व विहीन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अल्मलिएको बताउनुभएको छ ।

संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रास्वपा एउटा उदयमान पार्टी भएको बताउँदै रास्वपालाई आफूहरुले पनि सम्मान गरेको बताउनु भयो । संसदभित्र रास्वपाको घटना भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको बताउनु भयो । उहाँले पार्टी नेतृत्वविहीन हुँदा अन्योलमा रहेको स्पष्ट भएको संसदीय घटनाक्रमले देखाएको बताउनु भयो । रास्वपा बादलभित्र उडिरहेको कागको जस्तो उद्देश्य र गन्त्वयविहीन अवस्थामा रहेको बताउनु भयो ।

सचिव भट्टराईले सांसद पद निलम्वपछि पार्टी प्रमुखको हैसियतले औपचारिक रुपमा कुनैपनि कार्यक्रममा भाग लिन नपाउने भएपनि पार्टीले दलको नेता वा पदबाट नहटाउने गरेको बताउनु भयो  ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस