२०८२ असार १७ गते, मंगलवार १२:२४
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख र संसदलाई विचौलियाको पक्षमा उभिएको आरोप लगाउँदै संसद बहिष्कार गर्नुपरेको बताए।
  • भिजिट भिसा प्रकरणमा राप्रपा र रास्वपाको विरोधका बावजुद सभामुखले नियमावलीविपरीत संसद सुचारु गरेको शाहीको दाबी।
  • संसदमा उठेका आवाज सम्बोधन नभएपछि संसदभित्र बस्नुको औचित्य नरहेको भन्दै शाहीले असन्तुष्टि व्यक्त गरे।

काठमाडौँ-
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख र संसद विचौलियाको पक्षमा उभिनुभएको आरोप लगाउनुभएको छ ।

संघीय संसद भवनमा आईतवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संसद र सभामुख स्वयं विचौलियाको पक्षमा उभिएपछि संसद बहिष्कार गर्नुपरेको बताउनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध जनाइरहँदा सभामुखले अन्देखा गर्दै संसद सुचारु गर्नुभएको बताउनु भयो । उहाँले एक जना सांसदले विरोध जनाउँदा संसद चलन नसक्ने नियमावली रहेको भएपनि सभामुखले नियमावली विरुद्ध गएर संसद सुचारु गर्नुभएको बताउनु भयो ।

प्रमुख सचेतक शाहीले संसदमा उठेका आावज सम्बोधन नगर्ने भएपछि संसदभित्र बस्नुको औचित्य नरहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस