२०८२ असार १७ गते, मंगलवार ०१:०२
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध ५ करोड ७४ लाख बिगो मागदाबीसहित पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता, २९ जनालाई प्रतिवादी बनाइएको।
  • सहकारीले १ अर्ब ३२ करोड अपचलन गरेको दाबी, ऐनविपरीत कार्यक्षेत्र बाहिरका गैरसदस्यलाई ९२ करोड कर्जा प्रवाह गरेको आरोप।
  • जीबी राई सञ्चालक रहेका कम्पनीहरूलाई करोडौं कर्जा दिएको विवरण, सहकारी क्षेत्रको अनियमितता र उच्च पदस्थ व्यक्तिको संलग्नता उजागर।

वीरगन्ज-

सानो पाइला सहकारी ठगी प्रकरण: रवि लामिछानेविरुद्ध ५ करोड ७४ लाख बिगो मागदाबीसहित मुद्दा दर्ता

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबीसहित पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा सहकारीको कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गरिएको छ।

प्रहरीले १४ वैशाख २०८१ मा अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय पर्सामा प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले लामिछानेसहित २९ जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको हो। हाल लामिछाने सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन्।

सानो पाइला सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन्। वीरगन्जका ८, १३, १४, १८ र १९ नम्बर वडामा कार्यक्षेत्र रहेको यो सहकारीमा करिब ८०० बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ जम्मा भएको थियो। सहकारीले ऐनविपरीत कार्यक्षेत्र बाहिरका गैरसदस्यहरूलाई ऋण दिएर ९२ करोड रुपैयाँ अपचलन गरेको आरोप छ।

मुद्दामा उल्लेखित विवरणअनुसार, सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस