चालु खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार र पुँजीगत खर्चतर्फ ३० अर्ब २६ करोड विनियोजन गरिएको छ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
जनकपुरधाम-
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। प्रदेश सभाको आजको बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन्।
बजेटमा चालु खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार र पुँजीगत खर्चतर्फ ३० अर्ब २६ करोड विनियोजन गरिएको छ। यो बजेटले प्रदेशको विकास, पूर्वाधार, र जनकल्याणकारी योजनाहरूलाई प्राथमिकता दिएको अर्थमन्त्री यादवले बताए।
बजेटले शिक्षा, स्वास्थ्य, कृषि, र पूर्वाधार विकासमा विशेष जोड दिएको छ भने प्रदेशको आर्थिक समृद्धि र सामाजिक विकासलाई तीव्रता दिने लक्ष्य राखिएको छ।
Post Views: 40