२०८२ असार १६ गते, सोमबार २०:४६
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  विरोध प्रदर्शन: नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले काठमाडौँको न्युरोडमा सुनमा लगाइएको २% विलासिता कर र हिरा-पत्थरमा लगाइएको १३% भ्याट खारेजीको माग गर्दै प्रदर्शन गरे।
  •  मागहरू: व्यवसायीहरूले उपभोक्तामुखी नीति, स्पष्ट नियमावली र सुनचाँदी कारोबारमैत्री व्यवस्था निर्माण गर्न सरकारसँग माग गरे।
  • नारा र प्लेकार्ड: प्रदर्शनमा ‘सरकार सुन दे’, ‘उच्च कर हटाउ’, ‘व्यापार बचाउ’ लगायतका नारासहित प्लेकार्ड बोकेर सरकारविरुद्ध आवाज उठाइयो।

काठमाडाैँ –

नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

सोमवार काठमाडौँस्थित न्युरोडमा सुन व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् ।

उनीहरुले सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली एवं निर्देशिका निर्माण गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरुले हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे,उपभोक्तामारा नियम चाहिँदैन, सरकार सुन दे, सुनचाँदीको कानून दे, उच्च कर हटाउ, व्यापार बचाउँ लगायतका प्लेकार्ड र नारासहित विरोध जनाएका हुन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस