२०८२ असार १७ गते, मंगलवार ००:४२

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एसपी राधेशयाम धिमालका अनुसार, स्थानीय रमेश अग्रवालको घरमा रहेको जी.के. ट्रेडर्स लेखिएको गोदाममा छापा मार्दा भन्सार छलीको रेडिमेड जिन्स पाइन्ट र टी-सर्ट फेला परेको हो।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  तस्करीको कपडा बरामद: सशस्त्र प्रहरी बल र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगन्ज–६ रेशमकोटीस्थित जी.के. ट्रेडर्सको गोदामबाट २२ लाख ७१ हजार रुपैयाँ बराबरको भन्सार छली गरिएको जिन्स पाइन्ट र टी–सर्ट बरामद गरेको छ।
  • तस्करीको तरीका: कपडा भारतको रक्सौलबाट अवैधानिक रूपमा ल्याई काठमाडौंतर्फ पठाउन गोदाममा भण्डारण गरिएको थियो।
  • प्रहरीको कारबाही र प्रतिबद्धता: बरामद सामान भन्सार कार्यालयमा बुझाइएको छ र तस्करीविरुद्ध निगरानी तथा कडा कारबाही जारी राखिने सशस्त्र प्रहरीको भनाइ छ।

वीरगन्ज-

सशस्त्र प्रहरी बल पर्सा १३ नम्बर गण र वीरगन्ज भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले वीरगन्ज महानगरपालिका–६ रेशमकोटीस्थित एक गोदामबाट भारतबाट तस्करी गरी ल्याइएको ठूलो परिमाणको कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एसपी राधेशयाम धिमालका अनुसार, स्थानीय रमेश अग्रवालको घरमा रहेको जी.के. ट्रेडर्स लेखिएको गोदाममा छापा मार्दा भन्सार छलीको रेडिमेड जिन्स पाइन्ट र टी-सर्ट फेला परेको हो। भारतको सीमावर्ती बजार रक्सौलमार्फत अवैधानिक तरिकाले ल्याइएको उक्त कपडा वीरगन्जको ट्रान्सपोर्टमार्फत काठमाडौंतर्फ पठाउन गोदाममा भण्डारण गरिएको थियो।

बरामद गरिएको कपडाको मूल्य २२ लाख ७१ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले बरामद सामानलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ। एसपी धिमालले तस्करीविरुद्ध कडा निगरानी र कारबाही जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

यो कारबाहीले सीमा क्षेत्रमा हुने तस्करी गतिविधिमा कडाइ गर्न प्रहरीको सक्रियता बढेको देखाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस