२०८२ असार १७ गते, मंगलवार ०१:३८
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • अकुत सम्पत्ति आर्जन आरोप: पर्सा यातायात कार्यालयका अधिकृत कमल राज गौतमले २ करोड ५१ लाखभन्दा बढी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
  • श्रीमती समेत प्रतिवादी: गौतमले सम्पत्ति श्रीमती सरला नेपालको नाममा लुकाएको पाइएकोले उनलाई पनि प्रतिवादी बनाइएको छ।
  • जफत र कारबाही माग: अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार सम्पत्ति जफतसहित दुवै जनामाथि कानुनी कारबाही गर्न माग गरेको छ।

वीरगन्ज –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र शाखाका अधिकृत कमल राज गौतमविरुद्ध विशेष अदालतमा अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ। गौतमले पदीय दुरुपयोग गरी २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँभन्दा बढी स्रोत नखुल्ने सम्पत्ति जोडेको अख्तियारको ठहर छ।

२०५५ मा सेवा प्रवेश गरेका गौतमले २०७९ चैतसम्मको अवधिमा वैध आयभन्दा उक्त रकम गैरकानुनी रूपमा आर्जन गरेको अनुसन्धानले देखाएको छ। उनले यो सम्पत्ति श्रीमती सरला नेपालको नाममा लुकाएको पाइएपछि सरलालाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गौतम र उनकी श्रीमतीबाट उक्त सम्पत्ति जफत गरी कारबाही गर्न माग गरेको छ। मंगलबार विशेष अदालतमा सोही बराबरको बिगो दाबी सहित आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए।

यो मुद्दाले यातायात कार्यालयमा हुने भ्रष्टाचारको गम्भीर अवस्थालाई उजागर गरेको छ। स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस