२०८२ असार १७ गते, मंगलवार ०४:३०
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • संसद अवरोध: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको विरोधमा संसद अवरोध गरेका छन्।
  • मानव तस्करीको आरोप: रास्वपा सांसद चन्दा कार्की भण्डारीले ट्राभल एजेन्सी, एयरलाइन्स, अध्यागमन विभाग र गृह मन्त्रालयको संलग्नतासहितको मानव तस्करीको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनको माग गरिन्।
  •  सरकारप्रति असन्तोष: सांसद भण्डारीले सरकार गम्भीर नभएको र गृहमन्त्रीले संसद रोष्टमबाट धम्क्याएको आरोप लगाउँदै सुशासन कायम गर्न दोषीमाथि कारबाहीको माग गरिन्।

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद अवरोध जारी राखेका छन् ।प्रतिनिधि सभाको मंगलवारको बैठकमा दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।

सभामुखले सदनको कारबाही शुरु गरेसँगै उनीहरुले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिनुभएपछि सांसद भण्डारीले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरु, अध्यागन विभाग र गृह मन्त्रालयसमेत संलग्न रहेको भन्दै मानव तस्करी भएको बताइन् ।

याे प्रकरणले नेपालको इज्जत र गरिमा धुमिल बनाएको उल्लेख गदै भण्डारीले अपराधिक क्रियाकलापविरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहेको तर सरकारले गम्भीरतापूर्वक नलिएको बताइन् ।

उनले भनिन्, २०६४ सालदेखि यो समस्या रहेकाले यसको जालो अब च्यात्नुपर्ने पर्छ, भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाइ दोषीमाथि कारबाही गरी सुशासन स्थापना गरियाेस्।

सरकारले रोष्टमबाट धम्क्याएको बताउँदै गृहमन्त्रीलाई आफूहरुले अपराधी नभनेको बताइन् ।

भिजिट भिसाको आवरणमा रहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय छानविन समिति वा न्यायिक आयोग गठन गर्न माग गरिन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस