२०८२ असार १८ गते, बुधबार १३:१५

सबै क्षेत्र भूगोल, वर्ग र समाजको प्रतिनिधित्व गर्दै अघि बढ्न नेपाल स्काउट आफूलाई थप परिमार्जित, परिष्कृत, उन्नत, व्यवस्थित र समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्न जरुरी रहेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  दुव्र्यसन र सामाजिक सेवा: उपराष्ट्रपति यादवले स्काउटमार्फत लागुपदार्थ दुर्व्यसनमा परेका युवालाई मुक्त गराउने प्रयासलाई सकारात्मक कदम बताउँदै सामाजिक सेवामा युवा परिचालनको प्रशंसा गर्नुभयो।
  • विपद् व्यवस्थापन र समावेशिता: स्काउटले विपद् व्यवस्थापन, उद्धार कार्य र समावेशी सिद्धान्त आत्मसाथ गर्दै सबै वर्ग र भूगोलको प्रतिनिधित्व गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
  • महिला सशक्तिकरण र स्वास्थ्य: महिला हिंसा विरुद्ध अभियान, किशोरी स्वास्थ्य सचेतना, महिला उद्यमशीलता प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो।

काठमाडौँ-

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले लागुपदार्थ दुर्व्यसनीको चपेटामा परेका युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गराउन स्काउटका युवा युवतीहरुलाई परिचालन गर्नु राम्रो पक्ष भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा आइपर्ने विपद् व्यवस्थापन तथा उद्धार कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु संस्थाले अंगीकार गरेको महान उद्देश्य र लक्ष्यअनुरुपकै कदम भएको जिकिर गर्नुभयो । सबै क्षेत्र भूगोल, वर्ग र समाजको प्रतिनिधित्व गर्दै अघि बढ्न नेपाल स्काउट आफूलाई थप परिमार्जित, परिष्कृत, उन्नत, व्यवस्थित र समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्न जरुरी रहेको बताउनु भयो ।

देशमा दक्ष विपद् व्यवस्थापन टोली गठन गरी विपद् उद्धारमा परिचालन गर्नुले यस सिद्धान्तको केही हदसम्म कार्यान्वयन भएको पुष्टि भएको बताउनु भयो । पछिल्लो समय मुलुकमा बढ्दो लागुपदार्थ दुव्र्यसनि विरुद्धको अभियानमा पनि स्काउट सक्रिय हुनु अर्को सकारात्मक पक्ष भएको बताउनु भयो । महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना, महिला उद्यमशिलता, महिला नेतृत्व विकाससँग सम्बन्धित कार्यहरुलाई पनि आफ्नो प्राथमिकतामा राखि अघि बढ्नुले नेपाल स्काउटको गरिमा र सम्मानलाई उच्च बनाएको बताउनु भयो ।

उपराष्ट्रपति यादवले युवा युवतीलाई सामाजिक सेवा, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा थप सक्रिय बनाउनु स्काउटको महत्वपूर्ण लक्ष्य हुनुपर्ने बताउनु भयो । युवा स्वयंसेवक परिचालन अन्तर्गत २०८१—०८२ मा ५० हजार भन्दा बढी युवा स्काउट स्वयंसेवकका रुपमा परिचालित भएको खुशीको कुरा भएको बताउनु भयो । नेपाल स्काउटले प्राकृतिक विपद् व्यवस्थापन, लागुपदार्थ दुव्र्यसन निवारण, महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना र महिला उद्यमशिलता प्रवद्र्धन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस