सरकारले विधेयक छिटो प्रस्तुत गर्ने हो, छिटो ल्याउने भनेपनि व्यवहारमा भने भन्ने एकथोक र गर्ने एकथोक गरिरहेको सचेतक पाण्डेको आरोप थियो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौँ-
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीय निजामति विधेयकसँगै अन्य विधेयकलाई कार्यसूचीमा राखेर अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले निजामती विधेयकसँगै, विद्यालय शिक्षासँग सम्बन्धित र नागरिकतासँग सम्बन्धित विधेयक अगाडि बढाउन आग्रह गर्नुभयो ।
उहाँले बजेट छलफलसँगै विधेयकहरु पारित गर्दै स्थानीय सरकार र प्रदेश सरकारका समस्याको हल गर्नुपर्नेतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले विधेयक छिटो प्रस्तुत गर्ने हो, छिटो ल्याउने भनेपनि व्यवहारमा भने भन्ने एकथोक र गर्ने एकथोक गरिरहेको सचेतक पाण्डेको आरोप थियो ।
उहाँले प्रमुख प्रतिपक्षी दलहरुको तर्फबाट अति महत्वपूर्ण विधेयकहरु लगातार सदनबाट जाउन भनेर भनिरहेपनि त्यसो हुन नसकेको स्पष्ट पार्नुभयो ।