२०८२ आश्विन २० गते, सोमबार १२:३५

अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार

अदालत गन्हाइरहेको जनमानसको भनाइ रहेको बताउँदै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  देश अधोगतितिर गइरहेको आरोप: माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले देशमा अपराध, भ्रष्टाचार र अनियमितता बढेको भन्दै देश अधोगतितिर गइरहेको टिप्पणी गर्नुभयो।
  • सरकारप्रति आलोचना: उहाँले सरकार स्वयं नै समस्याग्रस्त भएकाले जनताको समस्याको समाधान गर्न नसकेको आरोप लगाउनुभयो।
  • सकारात्मक सोचको आवश्यकता: मुलुकमा सुशासनको सट्टा कुशासन रहेको भन्दै उहाँले सरकार र जनताबीच सहकार्य गरी सकारात्मक सोचसहित अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

काठमाडौँ-

नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताउनुभएको छ ।

बिहीवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजमा बढेको अपराधीकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताउनु भयो । उहाँले देशमा जता हेरे पनि अनियमितता, अपराधीकरण, भ्रष्टाचार, हत्या हिंसा र लुटतन्त्रले मौलाउने अवसर पाइरहेको बताउनु भयो । उहाँले यसलाई सरकारले नियन्त्रणले गर्नुपर्नेमा सरकार स्वयं नै बिरामी रहेको टिप्पणी गर्नुभयो ।

सुनारले सरकार आफ्नै व्यथा हल गर्न नसकेको सरकारले जनताको व्यथा हल गर्न नसक्नु विडम्बना भएको जिकिर गर्नुभयो । उहाँले अदालत गन्हाइरहेको जनमानसको भनाइ रहेको बताउँदै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनु भयो । उहाँले मुलुकमा सुशासन भनिए पनि कुशासन भएको जिकिर गर्नुभयो ।

उहाँले सकारात्मक सोचसहित सकारात्मक बाटो जानुपर्नेमा जोड दिँदै सरकार र जनता एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस