२०८२ असार १७ गते, मंगलवार १२:२४

नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गर्नुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • नैतिकता सिकाउनेको आलोचना: नेपाली कांग्रेसका जितजंग बस्नेतले रास्वपा र एकीकृत समाजवादीले नैतिकता सिकाएको भन्दै आलोचना गर्दै, दुबै पार्टी नेतृत्व आफैं विवादमा रहेकाले नैतिकताको उपदेश दिन नहुने बताए।
  • नेतृत्व नछोडेको टिप्पणी: बस्नेतले एकीकृत समाजवादी अध्यक्षमाथि अख्तियारमा मुद्दा र रास्वपा सभापति जेलमा भए पनि संसदीय दलको नेतृत्व नछोडिएको उल्लेख गरे।
  • आत्मनिरीक्षणको सुझाव: उहाँले नैतिकता सिकाउनेभन्दा पहिले आफू नै नैतिक बन्नुपर्ने बताउँदै, देश सञ्चालनका लागि नैतिक चरित्र आवश्यक भएकोमा जोड दिनुभयो।

काठमाडौँ-

नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गर्नुभएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियारमा मुद्दा चलिरहेको र रास्वपाका सभापति कारागारमा रहेको बताउँदै अहिले पनि संसदीय दल र पार्टीको नेतृत्व छोड्न नसकेको जिकिर गर्नुभयो ।

उहाँले रास्वपा र एकीकृत समाजवादीले काँग्रेसलाई नैतिकता सिकाउने भन्दै प्रश्न गर्दै यो कस्तो नैतिकताको कुरा हो भन्दै टिप्पणी गर्नुभयो । बस्नेतले नैतिकता पहिले आफूले सिकेर अरूलाई सिकाउनुपर्ने बताउनुभयो । उहाँले नैतिक चरित्र बिना देश नचल्ने बताउँदै नैतिक चरित्र पहिले आफ्नो राम्रो भएपछि मात्रै अरूलाई भन्न पाइने जिकिर गर्नुभयो ।

नैतिक चरित्रको कुरा पहिले आफूले आफूलाई बुझ्नको लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस