२०८२ आश्विन २० गते, सोमबार १६:५४

पलायनको मनस्थितिमा रहेको नयाँ पुस्तालाई जागृत गर्न जरुरीः मन्त्री पाण्डे

नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औँ जन्मोत्सवको अवसरमा काठमाडौंमा काठमाडौंमा आयोजित कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले युवापुस्तामा देखिएको पलायनको मनस्थिति रोक्न जरुरी रहेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • निराशा चिर्न आह्वान: संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले युवामा देखिएको निराशा हटाउन र नयाँ पुस्तालाई जागृत गर्न साहित्यसहितका माध्यम प्रयोग गर्नुपर्ने बताए।
  • पलायन रोक्न सुझाव: युवापुस्ताको विदेश पलायन रोक्न ‘केही हुँदैन’ भन्ने नकारात्मक सोच हटाउनुपर्ने भन्दै, देशमा गृहयुद्ध वा बाह्य संकट नभएकोले आशावादी हुनुपर्ने बताए।
  • पर्यटनको सम्भावना: नेपालमा धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका असिमित सम्भावना रहेको र त्यसको सदुपयोगका लागि समन्वयात्मक क्षमताको विकास आवश्यक रहेको उल्लेख गरे।

काठमाडौँ-

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले देशभित्रको निराशा चिर्दै नयाँ पुस्तालाई जागृत गर्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औँ जन्मोत्सवको अवसरमा काठमाडौंमा आयोजित कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले युवापुस्तामा देखिएको पलायनको मनस्थिति रोक्न जरुरी रहेको बताउनु भयो ।

‘केही हुँदैन यो देशमा’ भन्ने भाष्यले युवा पुस्तामा निराशा थपिएको उल्लेख गर्दै मन्त्री पाण्डेले साहित्यको माध्इमबाट समेत उनीहरुमा जागरण ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा गृहयुद्ध वा वाह्य शत्रुताको खतरा नरहेको कारण कोही पनि निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनु भयो ।

मन्त्री पाण्डेले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका असिमित सम्भावना रहेको र तिनको समुचित सदुपयोग गर्न समन्वयात्मक क्षमताको विकास आवश्यक भएको बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस