२०८२ असार १७ गते, मंगलवार १३:०६

सीप नभएसम्म कुनै कुराको सम्भावना नहुने भएकाले यसैलाई मनन गरेर सरकारले रोजगारी दशक मनाउने घोषणा गरेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • रोजगारी दशक मनाउने निर्णय: श्रममन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्ति विकासका लागि सरकारले “आन्तरिक रोजगारी दशक” मनाउने घोषणा गरेको जानकारी दिनुभयो।
  • निजी क्षेत्रमैत्री नीति: सरकार केवल सरकारी रोजगारी नभई निजी क्षेत्रबाट सिर्जना हुने रोजगारीलाई पनि महत्व दिँदै निजी क्षेत्रमैत्री नीतिहरू कार्यान्वयन गरिरहेको बताउनु भयो।
  • दक्ष जनशक्ति उत्पादनमा जोड: राष्ट्रिय व्यवसायी तालिम प्रतिष्ठानको स्थायी नेतृत्वमार्फत दक्ष जनशक्ति उत्पादन भइरहेको र वैदेशिक रोजगार रोक्न नसकिए पनि स्वदेशमै रोजगारीका अवसर विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

काठमाडौँ-

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्ति तयार गर्न सरकारले आन्तरिक रोजगारी दशक मनाउन लागेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सीप नभएसम्म कुनै कुराको सम्भावना नहुने भएकाले यसैलाई मनन गरेर सरकारले रोजगारी दशक मनाउने घोषणा गरेको बताउनु भयो । उहाँले मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यक रहेको बताउँदै यसमा सरकारले ध्यान केन्द्रित गरिरहेको बताउनु भयो । उहाँकाअनुसार सरकारले दिएको रोजगारीमात्रै रोजगारी होइन ।

निजी क्षेत्रले समेत दिएको रोजगारी हो । सरकारले दिएको रोजगारीलाई मात्रै रोजगादी देख्ने भ्रमबाट मुक्त हुन जरुरी रहेको उहाँको भनाइ छ । उहाँकाअनुसार त्यसैकारण सरकार निजी क्षेत्रमैत्री नीति बनाएर अघि बढिरहेको छ । त्यही आधारमा अहिले हरेक क्षेत्रमा सरकारले कानूनहरु पनि नीजि क्षेत्र मैत्री बनाइएको छ । भण्डारीले राष्ट्रिय व्यवसायी तालिम प्रतिष्ठानको नेतृत्व स्थाई बनाएर दक्ष जनशक्ति उत्पादन गर्ने काम भइरहेको उहाँको भनाई रहेको छ ।

श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारलाई रोकेर नरोकिने बताउँदै स्वदेशमै धेरै भन्दा धेरै जनशक्तिलाई रोजगारी दिनका लागि सरकार तत्पर रहेको समेत बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस