२०८२ असार १७ गते, मंगलवार ०१:२१

उहाँले राजनीतिक पार्टीहरूमा सत्ता हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तिकारी कुरा गर्ने प्रवृत्तिले पनि समाजमा भ्रम र अस्थिरता फैलाइरहेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • अधिकार हस्तान्तरणको माग: सांसद सूर्यप्रसाद ढकालले संघीयता प्रभावकारी बनाउन स्थानीय र प्रदेश सरकारलाई पर्याप्त अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।
  • राजनीतिक ढोंगको आलोचना: उहाँले सत्तामा हुँदा काम नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तिकारी बन्ने प्रवृत्तिले समाजमा भ्रम र अस्थिरता फैलाएको बताउँदै यस्तो राजनीतिक संस्कार अन्त्य गर्नुपर्ने बताए।
  • सांसदको जिम्मेवारी स्मरण: सांसद ढकालले सांसदहरू जनताको समस्या समाधानका लागि निर्वाचित भएको स्मरण गराउँदै आफ्नो भूमिकाको गरिमा जोगाउन सुझाव दिनुभयो।

काठमाडौँ-

नेकपा (एमाले) का सांसद सूर्यप्रसाद ढकालले संघीय प्रणाली प्रभावकारी बनाउनका लागि स्थानीय र प्रदेश सरकारलाई पर्याप्त अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद ढकालले अहिले पनि केन्द्रले स्थानीय तथा प्रदेश सरकारलाई अधिकार दिन नसकेको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक पार्टीहरूमा सत्ता हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तिकारी कुरा गर्ने प्रवृत्तिले पनि समाजमा भ्रम र अस्थिरता फैलाइरहेको बताउनु भयो ।

उहाँले स्थानीय तह र प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने प्रवृत्तिको अन्त्य नगरे वर्तमानजस्तै बहस तीन वर्षौसम्म दोहोरिरहने बताउनु भयो । सांसद ढकालले सत्तामा हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तीकारी कुरा गर्ने राजनीतिक संस्कारको अन्त्य गर्न जरुरी रहेको समेत बताउनु भयो । उहाँले सत्तामा हुँदा देश र जनताको हितमा काम नगर्ने तर प्रतिपक्षमा गएपछि समाजलाई उत्तेजित बनाउने राजनीतिक रोगको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले सांसदहरु मुलुक र जनताको समस्या समाधान गर्न निर्वाचित भएर आएको स्मरण गराउँदै त्यसको गरिमा राख्न समेत सुझाव दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस