२०८२ असार १७ गते, मंगलवार ०५:०१

सरकारलाई सुधार गर्नुपर्ने थियो भने समितिमा रहँदै गर्न सकिने तर अब संसदमा पुगिसकेपछि जस्ताको त्यस्तै पास हुनुपर्ने बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • निजामति ऐन जस्ताको त्यस्तै पारित गर्न माग: सांसद दीपक गिरीले समितिबाट सर्वसम्मत आएको निजामति ऐन संशोधन विधेयकलाई संसदबाट जस्ताको त्यस्तै पारित गर्नुपर्ने माग गर्नुभयो।
  • सरकारप्रति चेतावनी: उहाँले सरकारले अति गरे काँग्रेसले सरकारबारे गम्भीर सोच्नसक्ने चेतावनी दिनुभयो।
  • धैर्यको सीमा पार नहोस भन्ने आग्रह: गिरीले लोकतान्त्रिक पार्टीका नाताले सहँदै आएको तर अब धेरै सहन नसकिने बताउँदै सभामुखले पनि निष्पक्ष र राम्रो ढंगले सदन चलाउनुपर्ने बताए।

काठमाडौँ-

नेपाली काँग्रेसका सांसद दीपक गिरीले समितिबाट सर्वसम्मत रुपमा आएको निजामति ऐन जस्ताको त्यस्तै सदनबाट पनि पारित हुनुपर्ने बताउनुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारलाई सुधार गर्नुपर्ने थियो भने समितिमा रहँदै गर्न सकिने तर अब संसदमा पुगिसकेपछि जस्ताको त्यस्तै पास हुनुपर्ने बताउनु भयो । सरकारले अति गरेको खण्डमा काँग्रेसले सरकारको बारेमा पनि सोच्नसक्ने चेतावनी दिनुभयो । यस्तै भइरहे सरकारको बारेमा सोच्न नेतृत्वलाई घच्घच्याउने बताउनु भयो ।

सांसद गिरीले कतिपय कुरा लोकतान्त्रिक पार्टीले सहनुपर्छ भनेर मात्रै सहेको बताउँदै अब धेरै सहन नसक्ने जिकिर गर्नुभयो । सभामुख पनि राम्रो ढंगले चल्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस