२०८२ असार १७ गते, मंगलवार ०५:०९

भूकम्पमा ढलेका संरचना बनेका, कोभिडका कारण शिथिल भएको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • देश समृद्धिको बाटोतर्फ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल भोकमरी वा गृहयुद्धमा नरहेको र समृद्धिको बाटोमा अघि बढिरहेको बताउनुभयो।
  • अर्थतन्त्र र पुनर्निर्माणमा प्रगति: भूकम्पले ढलेका संरचना पुनर्निर्माण भएको र कोभिडपछिको अर्थतन्त्र चलायमान बन्दै गएको उल्लेख गर्नुभयो।
  • संस्कृति संरक्षणको आवश्यकता: उहाँले समृद्धि हासिल गर्न सम्पदा र पुँजीको सदुपयोगको आवश्यकता औंल्याउँदै संस्कृतिको रक्षा र प्रवर्द्धनमा ठूलो मेहनत गर्नुपर्ने बताए।

काठमाडौँ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देश अहिले समृद्धिको बाटोतर्फ लम्किरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बिग्रिएको नभइ जुरुक्कै उठेको बताउनु भयो । भूकम्पमा ढलेका संरचना बनेका, कोभिडका कारण शिथिल भएको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनु भयो ।

नेपाल कुनै भोकमरी, गृहयुद्धमा नरहेको र समृद्धिको बाटोमा अग्रसर रहेको बताउनु भयो । देश आफैँले बनाउनुपर्ने भन्दै देश बनाउने र समृद्धिको बाटोमा लैजाने काम आफूहरुकै भएको बताउनु भयो । देशमा भएको सम्पदा र पुँजीलाई सदुपयोग गर्नसक्ने हो भने मात्रै पनि समृद्ध राष्ट्रको रुपमा अघि बढ्नसकिने बताउनु भयो ।

मन्त्री पाण्डेले संस्कृतिको रक्षा, प्रवद्र्धन गर्न धेरै ठूलो मेहनत जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस