२०८२ असार १६ गते, सोमबार २०:५६
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  पक्राउ परेका प्रशासकीय अधिकृत: बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव भ्रष्टाचार आरोपमा अख्तियारद्वारा पक्राउ।
  • घुस र अनियमितता आरोप: योजना स्वीकृति, खरिद आदेश र ठेक्का प्रक्रियामा अनियमितता गरी घुस लिएको प्रमाण फेला परेको अख्तियारको दाबी।
  • कडा कारबाहीको चेतावनी: अख्तियारले कानुनी प्रक्रिया अघि बढाएको र भ्रष्टाचारमा शून्य सहनशीलता नीति अपनाइएको स्पष्ट पारेको।

पर्सा –

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ।

श्रोतका अनुसार, शुक्रबार बिहान करिब ८ बजे वीरगन्जको ब्रह्मचोकमा रहेको उनको घरबाट अख्तियारको टोलीले श्रीवास्तवलाई पक्राउ गरेको हो। श्रोतले दिएको जानकारी अनुसार, पोखरिया र बहुदरमाई नगरपालिकामा विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्का प्रक्रियामा अनियमितता गरी अवैध रूपमा घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको छ।

अनुसन्धानका क्रममा श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभका लागि गैरकानुनी रकम मागेको र लिएको प्रमाण फेला परेको आयोगले जनाएको छ। आयोगले उनिविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै यस्ता गतिविधिमा संलग्न जोसुकैमाथि कडा कारबाही गरिने अख्तियारले चेतावनी दिएको छ।

यो घटनाले स्थानीय तहमा हुने भ्रष्टाचार र अनियमितताप्रति नियामक निकायको सक्रियता र कठोर नीतिलाई प्रस्ट्याएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस